महोत्तरी – महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित सातपत्रे जङ्गलमा कुहिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार विपी राजमार्गभन्दा ५०० मिटर उत्तर- पश्चिममा पर्ने सातपत्रे भिरालो जङ्गलमा एक व्यक्तिको शव कुहिएर दुर्गन्धित भएको अवस्थामा फेला परेको हो ।
नाम, थर, वतन नखुलेका अन्दाजी वर्ष ५०/५५ का पुरुषको शव कुहिएर जङ्गलभरि दुर्गन्धित भएको अवस्थामा घाँस काट्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयले शवबारे खबर दिएपछि इलाका प्रहरी कार्यालय बर्दिबासबाट प्रहरी टोली घटना स्थल पुगेर प्रकृति मुचुल्का उठाइ शव परीक्षणका लागि जिल्ला अस्पतालमा पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस् !