जनकपुरधाम- मधेश प्रदेशमा नेकपा एमाले र लोसपा बीच गठबन्धनको तयारी थालिएको छ । दुबै पार्टी बीच आन्तरिक संवाद भैइरहेको बताइएको छ ।
एमालेको मधेश प्रदेशकी सांसद समेत रहेकी नेतृ सारदादेवी थापाले सकेसम्म सत्तारुढ गठबन्धन दलहरुसँग एक्लै लड्ने यदि गठबन्धन गर्नुपरेमा लोसपासँग गर्न सक्ने बताइन् ।
एमालेकाे सोमबार बर्दिबासमा बसेको वैठकले प्रदेश कमिटीलाई पूर्णता दिँदै सपथग्रहण समेत गराएको छ । पालिकाको काम बाँडफाँटका लागी निर्वाचन समिति तय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

प्रदेश कमिटीमा रिक्त रहेका झण्डै २१ जना सदस्य मनोनित गरिएको छ भने निर्वाचन सम्बन्धी कार्यायोजना बनाएर निर्वाचन परिचानलन समिति समेत गठन गरेको छ । लोसपासँग गठबन्धन हुन नसके नेकपा एमाले सत्तारुढ दलहरुसँग एक्लै लडने नेकपा एमालेकी नेतृ थापाको भनाइ छ ।


नेकपा एमालेबाट टुक्रिएर नेकपा एस बनेपछि एमाले पनि मधेश प्रदेशमा कमजोर देखिएको छ । माधव नेपालको नेतृत्वमा नेकपा एस वनेपछि ७ वटै प्रदेशमा नेकपा एमाले सरकारवाट समेत बाहिरिएको अवस्था रहेको छ।
मधेश प्रदेशमा नेकपा एमाले अल्पमतमा परेपछी माधव नेपाल नेतृत्वको नेकपा एस सरकारमा सहभागी छन्। धेरैजसो जनप्रतिनिधिहरु नै नेकपा एसको पक्षमा सनाखत गरेपछी गठबन्धनको मोडालिटीमा एमालेले जितेका पालिकाहरु आफ्नो भागमा हुनुपर्ने माधव पक्षधरले दावी गर्दै आएको छ।
यता गठबन्धन गर्नैपर्ने शीर्ष नेताहरुमा छलफल भएपछि सत्ताघटक ५ दल भने गठबन्धनको मोडालिटी बनाउनमा नै व्यस्त बनेका छन् ।
आज सोमबार बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछी सत्तारुढ दलहरुले ३ र ४ वैशाखलाइ ४/४ जिल्लाको छुट्टाछुट्टै बैठक बस्ने निर्णय गरेको छ ।
एकातिर निर्धारित समयमा उम्मेदवार टुंग्याउनु पर्ने र अर्कोतिर गठबन्धनभित्र उठेका विवादहरुलाइ मथर बनाउन गठबन्धन दलहरुलाई निक्कै कसरत गर्नुपरेको छ ।
यता गठबन्धन इतर दलहरु पनि चुनावी तालमेलको खोजीमा छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लोसपासँग तालमेलको प्रयासमा छ भने सत्तारुढ दल जसपा भने गठबन्धनभित्रै आश्रय खोजिरहेको देखिन्छ ।
माधव नेपाल पक्षधर भागबण्डामा स्पष्ट वटमलाइनमा अडिग रहेको छ । नेकपा एमालेलाई पनि सत्ताघटक दलहरुसँगको चुनावी तालमेलले निक्कै भारी पर्ने देखिएको छ ।
त्यसैले पनि नेकपा एमाले मधेश प्रदेशले लोसपासँग गठबन्धनको साझेदारी खोजीरहेको छ । लोसपा महोत्तरीका अध्यक्ष रामबाबु साहका अनुसार आवश्यक्ता महसुस भएको ठाउँमा बिचार मिल्ने दलसँग गठबन्धन हुन सक्ने बताए ।
प्रतिक्रिया दिनुहोस् !