Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

मिथिलामा आज सतुवाइन पर्व मनाइँयो

mm न्युज डेस्क
२०७९ बैशाख १, बिहीबार २१:०७ बजे

जनकपुरधाम- मिथिला क्षेत्रमा आज सतुवाइन (सातु खाने) पर्व मनाइएको छ । मधेश प्रदेशको महोत्तरी, धनुषा, सर्लाही, बारा, पर्सा, रौतहट, सिरहा र सप्तरी तथा भारतको बिहार राज्यको दरभङ्गा, मधुबनी, सीतामढी, मुजफ्फरपुरलगायत मिथिला क्षेत्रका प्रत्येक घरघरमा आज बिहानैदेखि सतुवाइन पर्व मनाइको हो ।

मिथिलामा सतुवाइन पर्व मनाउँदै नयाँ वर्षलाई स्वागत गर्ने परपम्परा रहेकोले आजका दिन यस क्षेत्रका प्रत्येक घरमा सतुवाइन पर्व मनाइने गरेको जलेश्वर नगरपालिका–८ का पण्डित कालिकान्त झाले बताए । चना, मकै, जौ, भटमासलगायत वस्तुलाई भुटेर त्यसलाई पिँधेर पिठो तयार गरिन्छ । सोही पिठोको सातु खाएर आजका दिन मिथिलामा सतुवाइन पर्व मनाइने चलन रहेको यालना विद्यापीठ मटिहानीका प्राध्यापक ध्रुव रायले बताए ।

सातुले शितलता प्रदान गर्ने, वर्षभरि व्यक्ति स्वस्थ्य, सरल र संस्कारी रहने तथा सबैसँग सुमधुर सम्बन्ध कायम गर्ने गराउने मान्यताका साथ नयाँ वर्षको पहिलो दिन मिथिलामा सातु खाएर सबैले सतुवाइन पर्व मनाउने चलन रहेको जलेश्वरनाथ महादेव मन्दिरका पूजारी उपेन्द्र पाठकले बताए ।

आजका दिन यस क्षेत्रका प्रत्येक घरका प्रत्येक सदस्यले कुनै कुरा खानुअघि सबैभन्दा पहिले सातु खाने गर्दछन् भने सातुलाई चिनी, सख्खर वा आफ्नो स्वादअनुसार नुनसँग पनि खाने चलन छ । सतुवाइन पर्वका दिन घरमुलीले सबैको हात हातमा सातु दिँदै शितल र स्वस्थ्य रहनु भनेर आशिर्वादसमेत दिने गर्दछन् । परिवारका सबै सदस्यले यस दिनमा पहिलो खाने कुरा सातु खाने परम्परा छ ।

ठूलाबडाले सानालाई प्रदान गर्ने सातु खान र आशिर्वाद थाप्न यस दिनमा घरका आफन्तका साथै नातेदार, टोल छिमेक, ईष्टमित्र सबैका बालबालिकादेखि परिवारका सबै सदस्य प्रतिक्षारत रहन्छन् । घरमूलीले बिहानै उठेर कुलदेवताको पूजाअर्चना गर्दै सबैभन्दा पहिले कुल देवतालाई सातु चढाउने गर्दछन् । पूजा गरेर ल्याइएको प्रसादमा मिलाएर सबैलाई सातु खुवाउने परम्परा छ ।

नयाँ वर्षका दिन घर घरमा आज राति तयार पार्ने विभिन्न खाद्यान्नका परिकारहरु तरुवा, बढी, कडही र विभिन्न प्रकारका तरकारी खाने केही बाँसी राखेर जूड शीतलका दिन स्नान गरेर घरका मूल महिलाले घरको मूल ढोकासहित सबै ढोकाहरुमा राखेर सबै जना बाँसी खाने चलन रहेको छ ।

यसका साथै नयाँ वर्षमा लोटा, गाग्री, कलशसहितका भाडामा राखिएको पानी घरका ज्येष्ठ सदस्यले सबै घरका व्यक्तिहरुको टाउँकोमा आजुरले राखे वर्ष भरि शितलताको कामनासहित आशिर्वाद दिने चलन रहेको छ । यति मात्र नभएर घर वरपरको वोर्ट विरुवा, बाटोघाटोमा पनि सिञ्चाई गर्ने चलन रहेको छ ।

यस दिन एक अर्काको शरीरमा हिलो छ्यापेर कादोमाटी (थाल माईट) खेल्ने चलन रहेको छ । जुड शितलका दिन खाने बाँसी भातलाई पानीमा रातपरि राख्ने गरेका कारणले निक्कै शीतल रहने गरेको छ । यसले मान्छेको शरीरमा शीतलता दिने मान्यता रहेको छ ।-रासस

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

सम्बन्धित खबर

Banner News

जनकपुरको ताजा अपडेट : मतान्तर बढाउँदै काँग्रेसका बागी उम्मेदवार (घण्टाघर) १५८७ ले अगाडि

Banner News

ढल्केवरमा एक युवकको शव फेला

Banner News

सोनमा ८ मा नेपाली काँग्रेसबाट सिंह बिजयी

Banner News

औरही नगरपालिकामा लोसपाबाट वडा नं १ मा चौधरी ४ मतले प्यानल सहित विजयी

Banner News

बर्दिबास १३ को ताजा अपडेट : एमालेको २३५ मतले अग्रता कायम

Banner News

जनकपुरका युवा अभियन्ता मिश्र पक्राउ

Load More

ताजा अपडेट

जनकपुरको ताजा अपडेट : मतान्तर बढाउँदै काँग्रेसका बागी उम्मेदवार (घण्टाघर) १५८७ ले अगाडि

ढल्केवरमा एक युवकको शव फेला

सोनमा ८ मा नेपाली काँग्रेसबाट सिंह बिजयी

औरही नगरपालिकामा लोसपाबाट वडा नं १ मा चौधरी ४ मतले प्यानल सहित विजयी

बर्दिबास १३ को ताजा अपडेट : एमालेको २३५ मतले अग्रता कायम

जनकपुरका युवा अभियन्ता मिश्र पक्राउ

बर्दिबास १३ को ताजा अपडेट : एमालेको ११७ मत सहित अग्रता

क्षीरेश्वरनाथको ताजा मत अपडेट : एमाले र काँग्रेस बीच कडा टक्कर, एमालेले अग्रता कायम राख्दै

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]

बिजय कुमार साह
9804840605
[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English