Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

सत्ता गठबन्धनको तालमेल भाँडिँदै, जनकपुरधाममा कांग्रेसले मेयर नछाड्ने, पर्सामा जसपा र कांग्रेसले मित्रवत् प्रतिस्पर्धा गर्ने

mm अजय कुमार साह
२०७९ बैशाख ३, शनिबार २१:४५ बजे

जनकपुरधाम- ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने भने पनि सत्ता गठबन्धनलाई समस्यामा पर्दै गएको छ। केन्द्रमा तालमेल गर्ने निर्णय भए पनि मधेश प्रदेशका सबै जिल्लामा गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरूले यसको विरोध गरिरहेका छन्।

यसैबीच पर्सामा नेपाली कांग्रेस र जनता समाजवादी (जसपा) ले गठबन्धन नगरी मित्रवत् रूपमा १४ ओटै स्थानीय तहमा छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने भएको छ। आज पार्टीका दुवै जिल्ला प्रमुखले संयुक्त विज्ञप्ति जारी गरेर यसबारे जनाएका हुन्।
गठबन्धनको केन्द्रीय स्तरमा ठोस निर्णय हुन नपाउँदै घटक दलहरूबीच पर्साबाट आएको यस्तो विज्ञप्तिले अन्य जिल्लामा पनि गठबन्धनबारे संशय पैदा हुन थालेको छ।

धनुषामा कांग्रेसको अडान
धनुषामा पनि खासगरी जनकपुरधाम उपमहानगरपालिकामा औपचारिक नभए पनि गठबन्धन गरी चुनावमा नजाने नै कांग्रेसको अडान छ। नगर समितिले यसबारे निर्णय पनि गरिसकेको छ।

नगर सभापति मनोज साहले कुनै दलसँग गठबन्धन नगरी आफैं चुनाव लड्ने बताएका छन्। उनले उपमहानगरपालिकाको २५ वटै वडाले पनि गठबन्धन गर्न नहुनेमा जोड दिएको बताए। साहले भने, “ग्रास रुटको म्यान्डेडलाई मानेर हामी अघि बढ्छौं, नगर कार्यसमितिको पदाधिकारी बैठकले पनि एक जनाको नाम मात्रै प्रस्ताव गर्ने निर्णय नै गरेको छ। यस्तो अवस्थामा हामी गठबन्धनमा जान्नौं।”

 

सभापति साहले आफूहरूका नेता विमलेन्द्र निधि, प्रदेशका मन्त्री रामसरोज यादव, जिल्ला सभापति योगेन्द्र पजियार, नेता स्मृतिनारायण चौधरी, चन्द्रमोहन यादव, दिनेश प्रसैला पनि गठबन्धनको पक्षमा नरहेको बताए।
उनले गठबन्धन नै भए कांग्रेसलाई मेयर र उपमेयर दिएमा मात्र मान्ने र अन्यथा नमान्ने बताए। केन्द्रले जबरजस्ती गठबन्धन मान्नै पर्ने निर्णय लाद्न खोजे आफूहरूले बहिष्कार गर्ने बताउँदै उनले यसमा सबै जना एकमत रहेका बताए।

मधेश प्रदेश कांग्रेसका सभापति कृष्णाकुमार यादवको लाइन पनि यस प्रदेशमा गठबन्धनको पक्षमा छैन। भने, “अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेस एक्लै लड्दा मधेश प्रदेसमा सबैभन्दा बढी सिट जितेको थियो। अहिले गठबन्धन गरेर अगाडि बढ्ने तयारीमा छ। भावनात्मक तालमेल नभए परिणाम नकारात्मक आउन सक्छ।”

जुन पालिकामा जस्तो परिस्थिति छ त्यसका आधारमा तालमेल गरेर बढ्ने कुरामा गठबन्धन दलका सबै साथी सहमत भएका सभापति यादवले बताए।

वीरगञ्ज महानगरपालिका र जनकपुरधाम उपमहानगरपालिकामा दुवै ठाउँमा कांग्रेसले मेयरको टिकट पाउनुपर्नेमा पनि उनले जोड दिए। भने, “अघिल्लोपटक वीरगञ्जमा कांग्रेस ज्यादै कम मतले पराजित भएको थियो। वीरगञ्जमा हाम्रो बलियो उपस्थिति छ। अघिल्लोपटकभन्दा झन् सुध्रिएर अहिले आएको छ। म त नेतृत्व वर्ग र हाम्रो गठबन्धनका पार्टनरलाई पनि आग्रह गर्न चाहन्छु वीरगञ्ज हामीलाई दिनुस्। किनभने हाम्रो त्यहाँ राम्रो उपस्थिति छ। हाम्रै साथीहरूलाई बिच्काउँदा त्यसको दुस्परिणाम पनि हुन सक्छ भनेर आग्रह गर्न चाहन्छु। र सोहीअनुसार आज पर्सामा सहमतिमै मित्रवत् तरिकाले चुनाव लड्ने सहमती भएको सुनेर खुशी लागेको छ।”

उनले जनकपुरमा पनि कांग्रेसको पहिलेभन्दा धेरै राम्रो अवस्था रहेको बताए। सभापति यादवले भने, “अघिल्लोपटक धेरै राम्रो स्थिति नभए पनि अहिलेको अवस्था धेरै सुधार भएको छ। गत चुनावमा कांग्रेस फराकिलो अन्तरले पराजित भए पनि अहिले परिस्थिति राम्रो भएर आइरहेको छ। जनकपुरका लागि पनि हाम्रो नेतृत्ववर्ग र गठबन्धनले विचार गर्नैपर्छ। त्यहाँ हामी कमजोर छौं भनेर भन्न मिल्दैन।”

सभापति यादवको अनुसार कांग्रेस इतिहास बोकेको पार्टी हो। कांग्रेसको जन्म नै मधेसबाट भएको हँुदा कांग्रेसको लागि उर्वर भूमि नै मधेस हो । कांग्रेस एक्लै पनि मधेस प्रदेसमा लड्न तयार छ। देशको परिस्थिति र आवश्यक्ताको हिसाबले गठबन्धनको निर्माण भएको हो। लोकतन्त्र, गणतन्त्र र संघीयतालाई जोगाउन विशेष परिस्थितिमा गठबन्धनको निर्माण भएको हो । दलहरूसँग आवश्यक्ता र औचित्यको हिसाबले प्रत्येक पालिकामा उम्मेदवारी दिने कुरा हो। जुन पालिकामा जस्तो परिस्थिति छ त्यसको आधारमा तालमेल गरेर अगाडि बढ्ने कुरामा गठबन्धन दलका सबै साथी सहमत छौं।

सभापति यादवले आज सम्म मधेस प्रदेसमा जिल्लाका साथीहरू छलफलमा रहेको र भोलि प्रदेसस्तरको बैठक राखेको बताउँदै उनले भने, ‘जिल्ला जिल्लाबाट आउने रिपोर्टको आधारमा प्रदेश स्तरीय छलफल हुन्छ। सबै कुरा मिलेकै छ। त्यसमा खासै अप्ठ्यारो छैन। जहाँ सबै दललाई आवश्यक्ता छ त्यहाँ गठबन्धन गर्ने कुरा छ। जहाँ आवश्यक्ता छैन त्यहाँ सहमति मै एक्ला-एक्लै लड्न पनि हामी तयार छौं। आवश्यक्ता र औचित्यको आधारमा हाम्रो मधेस प्रदेसमा गठबन्धन गर्न साथीहरू तयार हुनुहुन्छ। वातावरण राम्रै छ। केन्द्रमा पर्सीसम्म हामी प्रतिवेदन पठाइसक्छौं।’

काँग्रेस मधेस प्रदेश सभापति यादवको कथन यस्तो रह्यो, ‘हाम्रो लडाई एमालेसँग छ, जुन पालिकामा एमाले हामीभन्दा बलियो अवस्थामा छ, त्यहाँ हामी छलफल गरेर उम्मेदवारको टुंगो लगाउने हो। तर, त्यहाँ पनि घटक दलको अवस्था विश्लेषणको आधारमा, विगतको र अहिलेको अवस्थामा हेरेर उम्मेदवार दिने हो। विगत र अहिलेको परिस्थिति हेरेर कुन दलले उम्मेदवारी दिँदा विपक्षीलाई पराजित गर्न सकिन्छ त्यो किसिमको वातावरण गठबन्धन दलहरु बीच बनेको छ।’

गठबन्धनका साथीहरूले पनि परिस्थिति बुझिदिनुपर्छ। उहाँहरूले अनावश्यक बल गर्नुभयो भने प्रतिपक्षी प्रतिगामी आउनसक्छ। त्यो हाम्रालागि प्रत्युउत्पादक हुन्छ। त्यसले गर्दा नेतृत्व वर्गले नबुझ्ने कुरा हुँदैन। सबै परिस्थितिको गहन विश्लेषण गरेर नेतृत्वले सही निणर्य गरोस् हामीले चाहेको यति हो।

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

अजय कुमार साह

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

सम्बन्धित खबर

Banner News

खबर दर्पण राष्ट्रिय दैनिक ५ जेष्ठ २०७९

Banner News

महोत्तरीको औरहीमा लोसपा वडा नं ३ मा ३९ मतले यादव बिजयी

Banner News

गौशाला नगरपालिका अपडेट : वडा ७ मा चौधरी बिजयी

Banner News

औरही नगरपालिका ६ मा लोसपाका बिनोद चौधरी विजयी

Banner News

बागमती नगरपालिकाको मेयरमा माओवादीका भरत थापा पुन: निर्वाचित

Banner News

सर्लाहीको लालबन्दीमा माओवादी-समाजवादीको गठबन्धन भत्काउँदै कांग्रेस विजयी

Load More

ताजा अपडेट

खबर दर्पण राष्ट्रिय दैनिक ५ जेष्ठ २०७९

महोत्तरीको औरहीमा लोसपा वडा नं ३ मा ३९ मतले यादव बिजयी

गौशाला नगरपालिका अपडेट : वडा ७ मा चौधरी बिजयी

औरही नगरपालिका ६ मा लोसपाका बिनोद चौधरी विजयी

बागमती नगरपालिकाको मेयरमा माओवादीका भरत थापा पुन: निर्वाचित

सर्लाहीको लालबन्दीमा माओवादी-समाजवादीको गठबन्धन भत्काउँदै कांग्रेस विजयी

स्थानीय तह निर्वाचनको क्रममा मधेश प्रदेशमा धाँधली भयो : एमालेका प्रदेश इन्चार्ज महासेठ

धनुषाको वटेश्वर गापामा कांग्रेसले एमालेलाई क्लिन स्वीप गरे

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]

बिजय कुमार साह
9804840605
[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English