औरही,(महोत्तरी)- लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले स्थानीय तहको निर्वाचनकाे लागि ताेकिएको वैशाख ३० गते मिति सार्ने षडयन्त्र हुन थालेको बताएका छन् ।
शनिवार महोत्तरीको औरहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले तोकिए कै मितिमा स्थानीयतहको निर्वाचन हुनु पर्नेमा जोड दिए ।
नेता भण्डारीले आफ्ना नेता कार्यकर्तालाई चुनावको सम्पूर्ण तयारीमा जुट्न आग्रह गरे ।उनले लोसपा देशमा शासन गर्नका लागि नभई मधेसी, मुसलिम, आदिवासी, पिछडावर्ग तथा जातजाती भाषाभाषीलाई समान हक, अधिकारको निम्ती स्थापना भएको पार्टी रहेको बताए ।

उनले मधेश आन्दोलनमा सबभन्दा बढी मुद्दा खेप्ने जिल्ला महोत्तरी भएकोले जबसम्म मधेशको माग सम्बाेधन हुँदैन तबसम्म हाम्रो लडाई जारी रहने बताए।


कार्यक्रममा मधेश प्रदेश संयोजक जितेन्द्र सोनलले जातिवादवाट माथि उठेर मधेशमा राजनीति गर्न नेता कार्यकर्तालाई आग्रह गरे।उनले आफु मन्त्री भएको बेला हरेक पालिकामा वजेट पठाए तापनि पालिकाले इच्छा नदेखाएपछि सोचेअनुसार यस प्रदेशमा विकास हुन नसकेको बताए।
कार्यक्रममा औरही नगरपालिका, फुलबरियाका प्रदिप खडका लगायत २१५ जना नेता कार्यकर्ताहरुअन्य पार्टी परित्याग गरी लोसपामा प्रवेश गरेका हुन् । उनीहरुलाई नेता भण्डारीले फूलमाला, अविर, दोसल्ला ओढाई पार्टीमा स्वागत गरे ।
खडकाले पार्टी प्रवेश कार्यक्रममा बोल्दै कांग्रेस पार्टीमा बर्षौ विताएपनि कांग्रेस पार्टीले आफुलाई पाउनु पर्ने मानसम्मान नदिन सकेको बताए ।
उनले आफू लोसपामा प्रवेश गरेको र पार्टीले जसलाई टिकट दिएपनि आफु तन,मन,धन ले सहयोग गर्ने बताए ।कार्यक्रममा स्थानीय, बुद्धिजीवी, समाजसेवी, भरभलादमी,राजनितिकर्मी, पत्रकार तथा लो.स.पा. पार्टिका अभिराम शर्मा, सुरिता साह, रानी शर्मा, निर्जला राउत, सोनमा गा.पा. उपमेयर विभा साह, औरहीका नगरअध्यक्ष शंकर साह, दरेश यादव,देवनारायण महतो, समर लामा, हरिनारायण साह, जैलुन राईन, विशेश्वर यादव, वैधनाथ थापा लगायतका उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस् !