काठमाण्डौ – अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दा हालेकी नाबालिग गायिकाले एकाएक अदालतमा बयान फेरेकी छन् । तनहुँमा बकपत्र दिने क्रममा उनले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताउदै बयान फेरेपछि सबै चकित परेका छन् । पीडितको तर्फबाट मुद्दा लडिरहेका एक वकिकलले कसैको ति गायिकाले उक्साहटमा परेर जाहेरी दिन पुगेको बयान दिएकी छन् ।
अभिनेता पल शाहले आफ्नी नाबालिग छोरीमाथि प’ट’क प’ट’क ब’ला’त्का’र ग’रेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका बाबुले पनि बयान फेरेका छन् । नाबालिग पीडितको तर्फबाट प्रहरीमा जाहेरी दिएका ती बाबुले आइतवार जिल्ला अदालत तनहुँमा गरिएको बकपत्रका क्रममा सुरुमै बयान फेरेका हुन् ।
वकपत्र गराउने क्रममा उनले पल विरुद्ध प्रभाव र दबाबमा परेर बलात्कार मुद्दा दर्ता गराएको भन्दै बयान फेरेका हुन् । पल प्रकरणमा नाबालिग ‘होस्टाइल’, ब’ला’त्कार न’भएको दाबी गरेकी छन् । त्यसअघि सुरुमा सुरुमा पीडित नाबालिगको पनि बकपत्र गरिएको थियो । उनले पनि आफूलाई पलले बलात्कार नगरेको भन्दै ‘होस्टाइल’ भएकी थिइन् ।

ती नाबालिगले पनि दबाब र प्रभावमा परेर पलविरुद्ध उजुरी दिएको बकपत्र अदालतसमक्ष गराएकी छन् । अहिले जाहेरवाला बाबुको वकपत्र जारी छ। दुवैजनाले बयान फेरेपछि अब यो प्रकरणले नयाँ मोड लिएको छ । पीडित पक्ष र पीडक भनिएका पलको यो बकपत्रलाई अदालतले प्रमाणित गरेपछि फैसला गर्दा यसलाई पनि प्रमाणका रुपमा लिइन्छ । अदालतले अब साक्षीहरूसँग पनि वकपत्र गराउँछ ।


तनहुँको वकपत्र सकेर अब पललाई पूर्वी नवलपरासी लगिनेछ । अब नवलपरासी अदालतमा शाहको बकपत्रका वैशाख ७ गते हुँदैछ। त्यसअघि तनहुँमा आइतवारदेखि बकपत्र भएको हो ।
पल विरुद्ध २०७८ वैशाख १४ गते तनहुँमा नाबालिग गायिकालाई ब’ला’त्का’र ग’रे’को आरोपमा फागुन ११ गते ती बाबुले जाहेरी दर्ता गराएका थिए ।
त्यसपछि गत फागुन १५ गते आफैं तनहुँ प्रहरी कार्यालय पुगेर आ’त्मसमर्पण गरेका शाहविरुद्ध अदालतमा ज’बर’ज’स्ती कर णी मुद्दा दर्ता भएको थियो ।
पललाई गत चैत २३ गते जिल्ला अदालत नवलपुरले पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।गैंडाकोटमा पनि आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै जाहेरी दिएपछि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा दर्ता भएको थियो । तनहुँ अदालतबाट भएको आदेश विरुद्ध उनले उच्च अदालत पोखरामा निबेदन दिएका छन् ।
नाबालिग र उनका बाबुले फेरेको उक्त बयानले पल निर्दोष भएको प्रमाणित गर्ने संकेत देखिएको छ । यो खबर बाहिरिएसंगै पलका फ्यानहरुमा खुशीयाली छाएको छ ।
प्रतिक्रिया दिनुहोस् !