महोत्तरी । महोत्तरीको लोहारपट्टीमा ४ जनाको समुहले स्थानीय जोगिन्दर ठाकुरको घरमै प्रवेश गरी उनिमाथि छुरा प्रहार गरेको छ । आरोपी मध्येको एक जना प्रहरी नियन्त्रणमा छ।
लोहारपट्टी नगरपालिका ६ निवासी ठाकुरमाथी आइतबार विहान ४ बजे छुरा प्रहार भएको थियो। प्रहरीले पक्राउ गरेका सोही ठाउ निवासी २५ वर्षिय धिरज मण्डलसंग उनकै ३ जना साथीले कुटपिट गरिरहेकोमा ज्यान जोगाउन मण्डल घाइते ठाकुरको घरमा प्रवेश गरेका थिए सोही क्रममा पक्राउ परेका मंडलका साथीहरुले ठाकुरमाथी छुरा प्रहार गरेका थिए।
पक्राउ परेका मण्डलले उनका थप साथीहरुको परिचय खुलाइसकेको बताउदै जिल्ला प्रहरी कार्यलय महोत्तरीका एसपि कृष्ण प्रसाद पङेनीले उनिहरुको खोजतलास भइरहेको बताए । यता घाइते ठाकुरको उपचार लोहारपट्टी स्थित स्वस्थ्य चौकीमा भइरहेकोमा अवस्था मध्यम रहेको परिवारले जनाएको छ।



प्रतिक्रिया दिनुहोस् !