Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

नेपाली कांग्रेस : चुनावी तालमेलको प्रयास थालेपछि पार्टीभित्र असन्तुष्टि , महामन्त्री थापा गठबन्धन बैठकमा गएनन् ।

नेता कार्यकर्ताको भावना विपरीत केन्द्रबाटै चुनावी तालमेल गर्ने प्रयास हुन थालेपछि नेता शेखर कोइराला समूहका नेताहरूले असन्तुष्टि जनाएका छन् ।

mm न्युज डेस्क
२०७९ बैशाख ५, सोमबार २२:०९ बजे

काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय समितिको निर्णय विपरीत सत्ता गठबन्धन दलसँग चुनावी तालमेलको प्रयास थालेपछि पार्टीभित्र असन्तुष्टि बढेको छ । चैत दोस्रो साता बसेको कांग्रेस केन्द्रीय समितिको निर्णय थियो- ‘स्थानीय अवस्था र आवश्यकताका आधारमा तालमेल गर्न सक्ने ।’

तर, महानगरपालिका र उपमहानगरपालिकाका स्थानीय नेता कार्यकर्ताको भावना विपरीत केन्द्रबाटै चुनावी तालमेल गर्ने प्रयास हुन थालेपछि नेता शेखर कोइराला समूहका नेताहरूले असन्तुष्टि जनाएका छन् । महामन्त्री गगनकुमार थापा सोमबारको गठबन्धन बैठकमा गएनन् ।

सभापति देउवाले कोइराला समूहबाट निर्वाचित महामन्त्री थापालाई गठबन्धनका बैठकमा बोलाउने गरेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको कार्यदलमा समेत सदस्य छन् । सोमबार कार्यदल र गठबन्धनको संयुक्त बैठक बसेको थियो ।

स्रोतका अनुसार दिनभरिका कुनै पनि बैठकमा थापा सहभागी भएनन् । ‘आइतबारसम्म गगनजी पनि बैठकमा हुनुहुन्थ्यो तर सोमबारको बैठकमा उहाँ आउनुभएन,’ बालुवाटार बैठकमा सहभागी एक नेताले भने, ‘त्यसले कांग्रेस तालमेलको पक्षमा एक ढिक्का छैन भन्ने प्रस्टिएको छ ।’

नेता कोइरालाले सकेसम्म चुनावी तालमेल गर्न नहुने र गर्नै परे पार्टीको केन्द्रीय समितिको निर्णयबमोजिम मात्रै गर्न सकिने भन्दै आएका छन् । सभापति देउवा पक्षकै विभिन्न जिल्लाका नेताहरूको विरोधपछि केन्द्रीय समितिले स्थानीय अवस्था र आवश्यकतामा आधारित भएर तालमेल गर्न सक्ने भन्ने निर्णय लिएको थियो ।

तर, उम्मेदवारको मनोनयनको मिति नजिकिँदै गर्दा तालमेलको नाउँमा गठबन्धन दलहरूले केन्द्रबाट भागबन्डा गर्ने निर्णय गरेर कार्यकर्तामाझ लाद्ने देखिएको छ ।

सोमबार बिहान काठमाडौं क्षेत्र नं. ४ को प्रशिक्षण कार्यक्रममा महामन्त्री थापाले स्थानीय कार्यकर्ताको भावनाविपरीत केन्द्रले जबरजस्ती लाँदेको निर्णयले सकारात्मक नतिजा नआउने बताएका थिए ।

‘देशैभरिका साथीहरुले तालमेल गर्नुहुँदैन भन्ने मत राखिरहनुभएको छ । बरु हार्नु परे हारौँला तर रुखबाहेकमा भोट हाल्दैनौँ भनेर फोन आउँछ,’ उनले अघि भनेका थिए, ‘हुन पनि हो, दलीय व्यवस्थामा निर्वाचनपछि दलहरू मिलेर सरकार बनाउने कुरा स्विकार्न सकिन्छ । तर, निर्वाचनमा नै तालमेल गर्नु ठीक होइन । त्यसमाथि यो त स्थानीय चुनाव हो । स्थानीय नेता कार्यकर्ताको भावनाविपरीत कसरी गठबन्धन गर्ने ?’

महामन्त्री थापाले स्थानीयको भावनाविपरीत केन्द्रबाट निर्णय गरे त्यसको नतिजा राम्रो नहुने भनेका थिए । ‘हामीले केन्द्रबाट गठबन्धन थोपर्‍यौँ भने त्यसको नतिजा हामीले सोचेको भन्दा फरक आउन सक्छ । मैले गठबन्धन र पार्टीको शीर्ष बैठकमा यही कुरा राख्दै आएको छु,’ उनले भनेका थिए । देशभरका ५० भन्दा जिल्लाबाट तालमेल नगरौँ भन्ने सन्देश आएको महामन्त्री थापाको भनाइ थियो ।

सत्ता गठबन्धनमा छ महानगर र ११ उपमहानगरमा सिट भागबण्डाको प्रयास भइरहेको छ । तर, ती सबैजसो ठाउँबाट कांग्रेसका नेता कार्यकर्ताले तालमेल गर्न नसकिने भनिरहेका छन् ।

अहिलेसम्म नेपाली कांग्रेसका विराटनगर, वीरगन्ज र काठमाडौं महानगरपालिकाले चुनावी तालमेल नै आवश्यक नभएको निर्णय गरेका छन् भने भरतपुर, ललितपुर र पोखरा महानगरपालिकाले पनि कांग्रेसले मेयर नपाए गठबन्धन गर्न नसकिने अडान राखेका छन् । उपमहानगरमा पनि त्यस्तै विरोध छ ।

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

सम्बन्धित खबर

Banner News

महोत्तरीको औरहीमा लोसपा वडा नं ३ मा ३९ मतले यादव बिजयी

Banner News

गौशाला नगरपालिका अपडेट : वडा ७ मा चौधरी बिजयी

Banner News

औरही नगरपालिका ६ मा लोसपाका बिनोद चौधरी विजयी

Banner News

बागमती नगरपालिकाको मेयरमा माओवादीका भरत थापा पुन: निर्वाचित

Banner News

सर्लाहीको लालबन्दीमा माओवादी-समाजवादीको गठबन्धन भत्काउँदै कांग्रेस विजयी

Banner News

स्थानीय तह निर्वाचनको क्रममा मधेश प्रदेशमा धाँधली भयो : एमालेका प्रदेश इन्चार्ज महासेठ

Load More

ताजा अपडेट

महोत्तरीको औरहीमा लोसपा वडा नं ३ मा ३९ मतले यादव बिजयी

गौशाला नगरपालिका अपडेट : वडा ७ मा चौधरी बिजयी

औरही नगरपालिका ६ मा लोसपाका बिनोद चौधरी विजयी

बागमती नगरपालिकाको मेयरमा माओवादीका भरत थापा पुन: निर्वाचित

सर्लाहीको लालबन्दीमा माओवादी-समाजवादीको गठबन्धन भत्काउँदै कांग्रेस विजयी

स्थानीय तह निर्वाचनको क्रममा मधेश प्रदेशमा धाँधली भयो : एमालेका प्रदेश इन्चार्ज महासेठ

धनुषाको वटेश्वर गापामा कांग्रेसले एमालेलाई क्लिन स्वीप गरे

गौशाला नगरपालिका अपडेट : वडा ७ मा जसपाको आग्रता कायम

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]

बिजय कुमार साह
9804840605
bijaysah7[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English