Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

वर्दिवासमा ‘नो लालपुर्जा, नो भोट’ अभियान, पालिकाबाट कुनै कसर बाँकी राखेका छैनौं: नगर प्रमखु कार्की

‘समस्या समाधानका लागि हामी निरन्तर प्रयासमा छौं, सरकारमा भएको फेरबदल, आयोग गठनमा ढिलाई लगायतका कारणले काममा ढिलाइ भएको हो,’ :नगर प्रमुख कार्की

mm न्युज डेस्क
२०७९ बैशाख ७, बुधबार ०९:२३ बजे
  • सुरेश बिडारी

वीरगञ्ज- महोत्तरीको वर्दिवास नगरपालिका ३ गौरीडाँडाका युवाहरुले ‘नो लालपुर्जा, नो भोट’ अभियान सञ्चालन गरेका छन् । गौरीडाँडामा लामो समयदेखि बसोबास गर्दै आए पनि लालपुर्जा नपाएको भन्दै उनीहरुले त्यस्तो अभियान सञ्चालन गरेका हुन् ।

निर्वाचनको समयमा ऐलानी जमिनमा बसोबास गर्दै आएका गौरीडाँडाका बासिन्दाहरुलाई लालपु्र्जा दिने आश्वासन दिएर नेता बन्ने तर जितेपछि बिर्सिने परिपाटी देखिएकाले आफूहरु जागरुक भएको युवाहरुले बताएका छन् । स्वतन्त्र युवा समूहले मंगलबार बर्दिबास(३ गौरीडाँडास्थित पार्क र खड्ग होटलको अगाडि विपी राजमार्गमा ‘नो लालपुर्जा नो भोट’को बोर्ड समेत लगाएका छन् । बोर्डमा ‘जनता झुक्याउन पाइँदैन, झुटो बोल्ने नेता चाहिँदैन’ भनेर पनि लेखिएको छ ।

स्वतन्त्र युवा समूहका सहसंयोजक राम लामाले यसपटकको स्थानीय चुनावमा भोट माग्न आउनेसँग लालपुर्जा माग्ने निर्णयमा पुगिएको बताए । ‘हरेकपटक चुनावमा नेताहरु आउँछन्, लालपुर्जा दिलाउँछौं भन्ने आश्वासन दिएर भोट लिएर जान्छन्,’ उनले भने, ‘मन्त्री बन्छन्, सांसद बन्छन्, बिर्सिन्छन्, हाम्रो समस्या जस्ताको त्यस्तै छ ।’

बर्दिबास नगरभरी अभियान सञ्चालन गर्ने तयारीमा युवाहरु जुटेका छन् । निर्वाचनमा व्यापक खर्च गर्ने परिपाटी विरुद्ध पनि आफूहरुले आवाज उठाउने उनीहरुको भनाइ छ ।

गौरीडाँडा सहित बर्दिबास नगरपालिकामा ९ हजार ४ सय ३६ जना दलित भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन भएको छ । आवेदन माग गर्दा जानकारी नपाएर कतिपयले आवेदन नै दिन छुटाएका छन् । दोस्रो चरणमा निवेदन माग गरेर उनीहरुलाई पनि प्रक्रियामा समेट्ने तयारीमा नगरपालिका छ ।

नगर प्रमुख विदुर कुमार कार्की नगरमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी सम्बन्धी समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको बताए । ‘एक चरण अभिलेखीकरण भइसकेको छ, नापजाँच भइरहेको छ । त्यसपछि दावी–विरोधको प्रक्रिया हुन्छ,’ उनले भने, ‘निर्वाचन आचारसंहिता लागेकाले गर्दा काम सोचे अनुसार गर्न सकेका छैनौं । तर स्थानीय पालिका, आयोग, मन्त्रालय सबै यसपटक लालपुर्जा वितरण गर्ने हिसाबले नै लागेका छौं ।’

यो आर्थिक वर्षमा भूमि सम्बन्धी समस्या समाधान गर्ने गरी पालिका अघि बढेको उनको भनाइ छ । ‘समस्या समाधानका लागि हामी निरन्तर प्रयासमा छौं, सरकारमा भएको फेरबदल, आयोग गठनमा ढिलाई लगायतका कारणले काममा ढिलाइ भएको हो,’ उनले भने, ‘पालिकाबाट कुनै कसर बाँकी राखेका छैनौं ।’

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

सम्बन्धित खबर

Banner News

धनुषाको गणेशमान चारनाथ नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी

Banner News

धनुषाको हंसपुर नगरपालिकाको मेयर र उपमेयरमा काँग्रेस विजयी

Banner News

धनुषाको मिथिला विहारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा माओवादी विजयी

Banner News

राजेन्द्र महतोका भाई महेन्द्र महतो हार्ने भाकल पूरा भएपछि पासवानले गराए मुण्डन

Banner News

महोत्तरी : उम्मेदवार जसले आफैलाई मत दिएनन

अन्तराष्ट्रिय

पत्रकारलाई गोली हानी हत्या

Load More

ताजा अपडेट

धनुषाको गणेशमान चारनाथ नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी

धनुषाको हंसपुर नगरपालिकाको मेयर र उपमेयरमा काँग्रेस विजयी

धनुषाको मिथिला विहारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा माओवादी विजयी

राजेन्द्र महतोका भाई महेन्द्र महतो हार्ने भाकल पूरा भएपछि पासवानले गराए मुण्डन

महोत्तरी : उम्मेदवार जसले आफैलाई मत दिएनन

पत्रकारलाई गोली हानी हत्या

महोत्तरीको गौशालाको मेयर र उपमेयरमा जसपा विजयी

क्षीरेश्वरनाथकाे जारि मतगणनामा २ वटा मतपेटिकाकाे सिल टुटेको भेटिए, पत्रकारकाे टाेलीलाई प्रवेश निषेध

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]

बिजय कुमार साह
9804840605
[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English