जनकपुरधाम- सत्तारुढ गठबन्धनको बैठकबाट जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टी (जसपा) लाई दिने भएपछि नेपाली कांग्रेसका कार्यकर्ताहरु बिरोधमा उत्रेका छन् ।
बुधवार साँझ जनकपुरधामको विद्यापति चोकमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले गठबन्धनको बिरोधमा प्रदर्शन गरेका छन् ।

स्थानीय कांग्रेसी नेता कार्यकर्ता र जनभावना संग खेलवाड गरिएको भन्दै कार्यकर्ताहरुले टायर बालेर सभापति शेरबहादुर देउवा र गठबन्धन बिरुद्ध नारावाजी गरेका छन् ।


उनिहरुले नेपाली कांग्रेस जिन्दावाद, शेरबहादुर देउवा मुर्दावाद, मधेशको दलालसंग गठबन्धन गर्न पाइदैन भन्दै चर्को नारावाजी समेत गरेका छन् ।
नेपाली कांग्रेस नगर समितिका कोषाध्यक्ष वीरेन्द्र यादवले जनकपुरधाममा नेपाली कांग्रेस एक्लै चुनावमा जित्न सक्ने स्थितिमा रहेको बेला मधेशको दलाल दललाई मधेस प्रदेशका राजधानी जनकपुरधाम उपमहानगरपालिका दिनु निन्दनीय रहेको बताए ।
उनले भने, ‘केन्द्रिय गठबन्धनले हाम्रो भावनासंग खेलवाड गरेको छ। तसर्थ हामी बिरोधमा उत्रिनुको विकल्प छैन । हामी यो ठगबन्धनलाई कुनै पनि हालतमा स्वीकार गर्दैनौं ।’
स्थानीय तह निर्वाचनका लागि सत्तारूढ दलहरुबीच जनकपुरधाम उपमहानगरपालिकाको नेतृत्व जनता समाजवादी पार्टी नेपाललाई दिने निणर्य गरेसँगै जनकपुरधाममा कांग्रेसका नेता कार्यकर्ताहरु आक्रोशित भएका हुन् ।
प्रतिक्रिया दिनुहोस् !