Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

धनुषामा आसन्न स्थानिय तहको निर्वाचनको तयारी तिव्र

mm न्युज डेस्क
२०७९ बैशाख ८, बिहीबार १२:३८ बजे

धनुषा- आसन्न स्थानीय तह निर्वाचनको समय नजिकिँदै जाँदा मधेस प्रदेश निर्वाचन कार्यालय जनकपुरधामले तयारी तीव्र पारेको छ । निर्वाचन आयोगको क्यालेण्डरअनुसार निर्वाचन तयारीको काम अघि बढाएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

धनुषाको १८वटै पालिकामा खटिने निर्वाचन अधिकृतको तालिम सकिएको र वैशाख ८ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने तयारी भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले जानकारी दिनुभयो ।

स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएलगत्तै मतदान अधिकृतलाई तालिम दिएर मतदान केन्द्रमा खटाइनेछ । निर्वाचनमा खटाइने कर्मचारीको विवरण अद्यावद्यिक गर्ने कार्य अन्तिम चरणमा पुगेको र अद्यावधिक सकिएलगत्तैबाट कर्मचारीलाई मतदान केन्द्रमा पठाइने पन्थीले बताउनुभयो । मतपेटिकाको जाँच गर्ने, सफा गर्ने काम सकिएको छ भने स्थानीय तहस्थित निर्वाचन अधिकृतको कार्यालयमा पठाइने निर्वाचन सामग्री प्याकिङको काम भइरहेको कार्यालयले जनाएको छ ।

समयमा बजेट नपाउँदा निर्वाचन कार्यालयले यस वर्ष मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न सकेको छैन । “बजेट नआउँदा मतदाता शिक्षा सञ्चालन गर्न सकिएको छैन”, पन्थीले भन्नुभयो, “अघिल्लो निर्वाचनमा समयमै कार्यक्रम सञ्चालनका लागि बजेट आउँदा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेका थियौँ, यसपालि अहिलेसम्म बजेट आएको छैन, त्यही भएर अहिलेसम्म मतदाता शिक्षा कार्यक्रम चलाउन सकेका छैनौँ”, उहाँले भन्नुभयो । दुई दिनअघि मात्र निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका आएकाले अब बजेट पनि आउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

निर्वाचन आयोगले तयार पारेको निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ मा मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी निर्वाचत शिक्षा कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरिएको छ । यस्तै स्थानीय तह निर्वाचनमा सामाजिक सञ्जालको प्रयोग, नागरिक समाज तथा गैरसरकारी संस्थामार्फत निर्वाचन कार्यक्रम सञ्चालन गर्ने, सामाजिक अध्ययन शिक्षकका लागि निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्ने तथा आम पहुँच वा समुदायमा आधारित विशेष कार्यक्रम सञ्चालन गर्ने निर्देशिकामा उल्लेख छ ।

अठार स्थानीय तह रहेको धनुषामा कूल चार लाख ६७ हजार ३८८ मतदाता छन् । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ३२३ मतदानस्थलमा ५९६ मतदान केन्द्र तोकिएको छ ।रासस

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

सम्बन्धित खबर

Banner News

महोत्तरीको औरहीमा लोसपा वडा नं ३ मा ३९ मतले यादव बिजयी

Banner News

गौशाला नगरपालिका अपडेट : वडा ७ मा चौधरी बिजयी

Banner News

औरही नगरपालिका ६ मा लोसपाका बिनोद चौधरी विजयी

Banner News

बागमती नगरपालिकाको मेयरमा माओवादीका भरत थापा पुन: निर्वाचित

Banner News

सर्लाहीको लालबन्दीमा माओवादी-समाजवादीको गठबन्धन भत्काउँदै कांग्रेस विजयी

Banner News

स्थानीय तह निर्वाचनको क्रममा मधेश प्रदेशमा धाँधली भयो : एमालेका प्रदेश इन्चार्ज महासेठ

Load More

ताजा अपडेट

महोत्तरीको औरहीमा लोसपा वडा नं ३ मा ३९ मतले यादव बिजयी

गौशाला नगरपालिका अपडेट : वडा ७ मा चौधरी बिजयी

औरही नगरपालिका ६ मा लोसपाका बिनोद चौधरी विजयी

बागमती नगरपालिकाको मेयरमा माओवादीका भरत थापा पुन: निर्वाचित

सर्लाहीको लालबन्दीमा माओवादी-समाजवादीको गठबन्धन भत्काउँदै कांग्रेस विजयी

स्थानीय तह निर्वाचनको क्रममा मधेश प्रदेशमा धाँधली भयो : एमालेका प्रदेश इन्चार्ज महासेठ

धनुषाको वटेश्वर गापामा कांग्रेसले एमालेलाई क्लिन स्वीप गरे

गौशाला नगरपालिका अपडेट : वडा ७ मा जसपाको आग्रता कायम

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]

बिजय कुमार साह
9804840605
bijaysah7[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English