Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

मलाई विश्वास छ, पार्टीले जनचाहनाको कदर अवश्य नै गर्नेछ :मेयरका आकांक्षी महतो

mm न्युज डेस्क
२०७९ बैशाख ८, बिहीबार २२:४३ बजे

पूर्व पश्चिम महेन्द्रराजमार्गको मध्यभागमा अवस्थित वर्दिवास नगरपालिका हरेक तवरले विकासको पूर्वाधारले सम्पन्न नगरपालिकाको रुपमा परिचित रहेको छ। जसका लागि स्थानिय निर्वाचनमा मेयर पदका लागि पार्टीगत रुपमै एकभन्दा बढि नेताहरु पार्टीभित्रै दावीदारी गर्दै आएको छ। यसै क्रममा पार्टीको तर्फबाट मेयर पदको रुपमा दावेदारी गर्दै आएका नेकपा माओवादीका प्रदेश कमिटी सदस्य शंकर महतोसँग  धनवीर महतोले गरिएको कुराकानीको सम्पादित अंश

बर्दिवास नगरपालिकाको लागि नेकपा माओवादीको तर्फबाट मेयरमा दावेदारी देखाउनुभएको छ। तपाइँको दाबेदारी किन?

अगामी वैशाख ३० गते हुन लागेको निर्वाचनमा यहाँका जनताहरुले मलाई मेयरको रुपमा प्रतिस्पर्धामा उतार्न लागिएको छ । जुन मेरो लागि एउटा सुअवसर प्राप्त भएको छ । वास्तवमा भन्ने हो भने पार्टी संचालन नै जनताले गर्ने हो । जनताले जसलाई रुचाउँछन् उनी पदमा पुग्ने गर्दछन् । मेरो दुई दशक राजनितीक यात्रालाई वर्दिवासवासीले मेरो आवश्यक्तालाई महसुस गरेका छन् । मैले विगतको समयमा समाजिकस्तरमा अनेकौ कामहरु गरेका थिए । जसको योगदानको अहिले जनसमुदायले प्रतिफल दिदैछन् । फलस्वरुप यसपटकको स्थानियतहको चुनावमा मलाई नेकपा माओबादी पार्टीको तर्फबाट मेयरको दावेदारीको रुपमा प्रस्तुत गर्नुभएछ । मैले यस अवसरलाई सहजै स्वीकार गरिएको छु । अहिले वर्दिवासको विकास निर्माणको सवालमा, युवा, नेतृत्वदायी भुमिकामा शंकर महतो आउनुपर्छ भनेर जनअपेक्षा रहेको छ । मलाई विश्वास छ, पार्टीले जनचाहनाको कदर अवश्य नै गर्नेछन् ।

यहाँले आफ्नो दुई दशकको अवधिमा बर्दिवासवासीको मुख्यतः के कति योगदान दिनुभएको हो? यहाँ स्पष्ट पार्नुहुन्छ कि?

अवश्य, मैले वि. सं. २०५६ सालबाट औपचारिक रुपमा राजनितीक पेशा अंगालेको हुँ। त्यससममा खानेपानी, शिक्षा र वजारीकरणको समस्या रहेको थियो। फलस्वरुप त्यसको हाल निदान भईसकेको छ। अझ परिवर्तनको आवश्यकता रहेको छ। दक्ष नेतृत्वदायीको आवश्यकता रहेको छ। मैले आफुलाई शिक्षा, स्वास्थ्यजस्तो महत्वपुर्णक्षेत्रमा परिवर्तनको लागि प्रस्तुत गरेको छु। विगतको समयमा स्थानिय जनप्रतिनिधीदेखि लिएर माथिल्लो तहको नेता कार्यकर्ताहरुको सहयोग लिएर वर्दिवास परिवर्तनका लागि आफुलाई प्रस्तुत गरेको छु। कुनै पनि स्थानको विकासको निम्ति शिक्षाको महत्वपुर्ण भुमिका रहेको हुन्छ। सोहीलाई ध्यानमा राख्दै वर्दिवासका शिक्षालयमा परिवर्तनको आवश्यकतालाई ध्यानमा राख्दै परिवर्तन गराएको छु। त्यस्तै तत्कालिन शिक्षामन्त्री गिरीराजमणि पोखरेलको विशेष सहयोगमा नगरभित्रका शिक्षालयहरुमा भौतिक पूर्वाधारदेखि, आवश्यकमात्रा जनशक्तिको व्यवस्थापन गरि हरेक सामुदायिक विद्यालयको शैक्षणिक क्रियाकलापलाई चुस्तदुरुस्त बनाउनका लागि आफुलाई भुमिकामा ल्याएको छु। कृषिलाई आधुनिकरण गर्नुको साथै शिक्षामा पूर्वाधारको विकासको आवश्यक्ता रहेको छ। महिलाहरुलाई समाज विकासको रुपमा प्रस्तुत गर्नुको साथै महिलालाई जागृतिको रुपमा संविधानमै मात्र सिमित नभई कार्यान्वयको रुपमा पनि यसलाई पहलकदमी गर्नुपर्ने देखिन्छ। मैले अगामी दिनमा यसतर्फ विशेष रुपमा ध्यान दिनेछु।

नगरको दक्षिणभेगमा कृषिको हकमा वजारीकरणको समस्या यथावतै छ। अहिले पनि त्यहाँका स्थानियहरु टाउँकोमा समान वोकी अन्य बजारमा गई कारोवार गर्नुपर्ने बाध्यता रहेकै छ?

बर्दिवास नगरपालिका तत्कालिन समयमा ८ वटा गाविस मिलेर बनेको नगरपालिका हो। जसमध्ये साविकका गाविसहरु किसाननगर, पशुपतिनगर, विजलपुरा र हातिलेटमा दीर्घकालिन विकासको धरोहर निर्माण हुन सकेको छैन। ती क्षेत्रहरु खेतीपातीको लागि उतम भेग रहेको छ। फलस्वरुप किसानहरु आफनो खेतबाट मगन्य आम्दानी गर्दै आएका छन्। तर सो क्षेत्रमा वजारीकरणको अभाव देखिएको छ। नदीले घेरिएको ती क्षेत्रहरुमा पुल छैन। जसले गर्दा एक गाँउबाट अर्को गाँउका जानका लागि बर्षायाममा समस्या हुने गरेको छ। ती नदीहरुमा पुलको बन्दोवस्त गर्नुपर्ने देखिन्छ। कृषिमा प्राविधीकरण, व्यवसायीकरण अनि आर्थिक सवलीकरण र उद्योगीकरणमा जोडनुपर्ने आवश्यक छ। परिर्वतनका लागि शिक्षाकै महत्वपुर्ण भूमिका रहेको छ। नगरको दक्षिणवर्ती क्षेत्रमा अर्गाईनिक खेतीतर्फ जोड दिनुपर्छ। ती स्थानहरुमा वजारीकरणको अभाव रहेको छ। हाल त्यहाँ स साना हाटवजारहरु लागिरहेको छ। त्यसलाई विकसित गर्नुपर्ने आवश्यक देखिन्छ। ती क्षेत्रहरु वर्दिवास नगरपालिकाले लिंक रोडसँग जोडनुपर्छ। ठाँउठाँउका कोल्डस्टोर्सको निर्माण गरि वजारीकरणको रुपमा प्रस्तुत गर्नुपर्छ। अहिले ती क्षेत्रमा कृषि विधामा अनेकौ कामहरु वाँकी रहेको छ। जसलाई क्रमिक रुपमा अगाडी बढाउनुपर्छ। उत्तरतर्फको क्षेत्रलाई पर्यटनको रुपमा विकसित गर्नुपर्छ। जहाँबाट भारतीय पयर्टनलाई आकर्षित गर्ने किसिमको संरचनाहरु बनाउनुपर्छ।

बर्दिवास नगरभित्र अनेकौ समस्याहरु रहेका छन्। जसलाई समाधान नगरिकन जो कोहीले पनि सहजै छुटकारा पाउन सक्दैन। के शंकर महतो ती समस्यासँग जुध्नका लागि तयार छन् त?

अवश्य, म तयार छु। मलाई अवसरको खाँचो रहेको छ। यसको परिवर्तन सिमित समयमा नै सपलता हासिल हुन्छ। कुनै पनि स्थानको परिवर्तनको निम्ति शिक्षाको महत्व रहेको हुन्छ। मैले यस अघि वर्दिवास नगरभित्रमा शिक्षा र स्वास्थ्यमा परिवर्तन गरिसकेको छु। अव नगरको समग्र विकासको लागि आफुलाई उतार्न चाहन्छु। पार्टीले मलाई अवसर दिओस, म वर्दिवासलाई ५ बर्षको अवधिमा परिवर्तन गरेर देखाउनेछु। सकारात्मक सोचका साथ काम गर्ने हो भने वर्दिवास अगामी ५ बर्षको अवधिमा यस प्रदेशकै नमुना, उत्कृष्ट एवम् नम्बर एक पालिकाको रुपमा स्थापित हुनेछ। जसको प्रवल सम्भावना अधिक रहेको छ। जसका लागि नेतृदायी व्यक्तिमा सकारात्मक विचार एवम् जनमैत्री सोचाईको भुमिकामा ढाल्नुपर्ने आवश्यक देखिन्छ।

बर्दिवासको दक्षिणीभेगमा विकास नभएको आरोप रहेको छ।

त्यस्तो केही छैन । वास्तविकतामा हेर्ने हो भने त्यस्तो छैन। जुन ठाँउमा जे चिजको सम्भावना रहेको छ। ती संरचनाको विकास त्यहि गर्नुपर्छ। जसले विकास निर्माणलाई ठोस प्रविधीको रुपमा प्रस्तुत गर्न सकिन्छ। ती स्थानमा प्रदेशकै ठूलो संरचना सैनिक अड्डाको स्थापना भएको छ। त्यस्तै चौलिखामा कृषि क्याम्पसको पढाई भइरहेको छ। निर्मल लामा वहुप्राविधीक क्याम्पस शुरुमा हातिलेट क्षेत्र नै पहिलो प्राथामिकतामा परेको थियो। त्यहाँ आवश्यक जग्गा र केही प्राविधीक विषयवस्तु नमिलेपछि त्यहाँबाट वर्दिवासकै खयरमारामा स्थापना भएको हो। अहिले पनि दक्षिणभेगमा विकासको अत्यन्त आवश्यक रहेको छ। विजलपुराको पुर्वीभेगमा रहेको जग्गालाई औद्योगिक ग्रामको रुपमा स्थापना गर्न सकिन्छ। हरेक स्थानमा चौतर्फी विकासको लागि सम्भवना अधिक रहेको छ। जसका लागि सफल नेतृत्वदायी भुमिका र सकारात्मक सोचको आवश्यकता रहेको छ।

अन्त्यमा के भन्न चाहनुहुन्छ?

निर्वाचन भनेको कागजको खोस्टो होइन। यसमा सवैको भविष्य समेटिएको हुन्छ। झन् स्थानीयतहको निर्वाचनको हकमा त यसको धेरै नै महत्व र विशेषताहरु रहेको छ। यस निर्वाचनमा सक्षम, योग्य, स्वच्छ व्यक्तिगत छवि, विचार, लगनशीलता, प्रभावकारीता लगायतका जनमैत्री विचार भएका उम्मेदवारलाई चयन गरिनुपर्ने आवश्यक देखिन्छ। स्थानियतहको जनप्रतिनिधीले स्थानियस्तरमा नै विकास गर्ने भएकोले यसतर्फ सवैले सोचेर मतदान गरौ अनि आफनो गाँउठाँउको विकास गरौँ। अहिले जनप्रतिनिधी चनिने समयमा ध्यान नदिए अर्को कार्यकालसम्म पछुतो मान्नु वाहेक केही पनि रहँदैन। तसर्थ यही वैशाख ३० गते हुन लागेको स्थानियतहको निर्वाचनमा सवैले सोचीसम्झी मतदान गरौँ।

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

सम्बन्धित खबर

Banner News

औरही नगरपालिकामा लोसपाबाट वडा नं १ मा चौधरी ४ मतले प्यानल सहित विजयी

Banner News

बर्दिबास १३ को ताजा अपडेट : एमालेको २३५ मतले अग्रता कायम

Banner News

जनकपुरका युवा अभियन्ता मिश्र पक्राउ

Banner News

बर्दिबास १३ को ताजा अपडेट : एमालेको ११७ मत सहित अग्रता

Banner News

क्षीरेश्वरनाथको ताजा मत अपडेट : एमाले र काँग्रेस बीच कडा टक्कर, एमालेले अग्रता कायम राख्दै

Banner News

क्षीरेश्वरनाथ नगरपालिका -२ को वडाध्यक्षमा नेपाली काँग्रेसका देवु यादव २९४ मतान्तरले विजयी

Load More

ताजा अपडेट

औरही नगरपालिकामा लोसपाबाट वडा नं १ मा चौधरी ४ मतले प्यानल सहित विजयी

बर्दिबास १३ को ताजा अपडेट : एमालेको २३५ मतले अग्रता कायम

जनकपुरका युवा अभियन्ता मिश्र पक्राउ

बर्दिबास १३ को ताजा अपडेट : एमालेको ११७ मत सहित अग्रता

क्षीरेश्वरनाथको ताजा मत अपडेट : एमाले र काँग्रेस बीच कडा टक्कर, एमालेले अग्रता कायम राख्दै

क्षीरेश्वरनाथ नगरपालिका -२ को वडाध्यक्षमा नेपाली काँग्रेसका देवु यादव २९४ मतान्तरले विजयी

गौशाला नगरपालिका वडा नं. २ को ताजा अपडेट : जसपाको ३८१ मतले अग्रता कायम

गौशाला नगरपालिका वडा नं. ३ को ताजा अपडेट : काँग्रेसको अग्रता कायम

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]

बिजय कुमार साह
9804840605
[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English