काठमाडौँ, बैशाख ८ गते । मेयर पदको उम्मेदवार बन्न बाग्मती प्रदेशका प्रदेश सांसदले राजीनामा दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रदेश सदस्य विजय सुवेदीले पदबाट राजीनामा दिएका हुन् ।
चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिन उनले राजीनामा दिएका हुन् ।
बिहीबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष सुवेदीले पदबाट राजीनामा दिएका हुन् । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा उठ्न राजीनामा दिएको सुवेदीले बताए ।

सुवेदी चितवनको क्षेत्र नम्बर २ को ‘ख’ बाट निर्वाचित भएका थिए ।


प्रतिक्रिया दिनुहोस् !