Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

काँग्रेस जनकपुर सभापति साहले पार्टी परित्याग गर्दै गरे स्वतन्त्रबाट मेयरमा उम्मेदवारी घाेषणाा

mm न्युज डेस्क
२०७९ बैशाख ९, शुक्रबार १६:१२ बजे

जनकपुरधाम- सत्ता गठबन्धनले जनकपुरधाम उपमहानगरपालिकाको मेयर जनता समाजवादी पार्टी (जसपा) लाई दिने सहमति गरेपछि नेपाली काँग्रेस जनकपुर सभापति मनाेजकुमार साहले पार्टी परित्यागकाे घाेषणाा गरेका छन्।

गठबन्धनकाे निर्णयले असन्तुष्ट बनेका जनकपुरधाम उपमहानगरपालिका कांग्रेस नगरसमिति सभापति मनोजकुमार साह लगायतका नेता–कार्यकर्ताले शुक्रबार सामूहिक राजीनामाकाे घोषणा गरेका छन्।

नगर सभापति साहले आज पत्रकार सम्मेलनकाे आयोजना गरि पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन्।

साहले आफू सहित जनकपुरधाम वडा नम्बर १५ का वडा सभापति र सयभन्दा बढी क्रियाशील सदस्यहरूले राजीनामा गरेर पार्टी परित्यागको घोषणा गरेकाे जानकारी दिए।

उनले भने, ‘हामी कांग्रेसको साधारण सदस्य समेत नरहने गरी आज देखि पार्टीबाट सामूहिक राजीनामाको घोषणा गर्दैछौं।´ उनले राजीनामाको घोषणा गरेर मेयरका लागि स्वतन्त्रबाट उम्मेदवारी दिने घाेषणाा समेत गरे।

उनले पार्टीका कार्यकर्ताहरूको भावना बुझेर स्वतन्त्र उम्मेदवारी दिने निष्कर्षमा पुगेको जनाए ।

उनले भने, ‘मधेश प्रदेशको राजधानी जनकपुरधाम नेपाली काँग्रेसको उर्वर भूमि हो । जनकपुरधामको मेयर पदमा नेपाली काँग्रेसलाई नदिई जसपालाई दिने निर्णय आत्मघाती निर्णय हो । यस्ता निर्णयले नेपाली काँग्रेसले आफ्नो घरमा आगो लगाउने कार्य गरेको छ । काँग्रेस गढलाई समाप्त गर्ने प्रयास गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवालाई यस्तो गर्न नहुने थिए । त्यसपछि पनि निर्णय सच्याउन २४ घण्टे अल्टिमेटम दिएका थियौं, तर निर्णयलाई सच्याइएन । बैशाख ११ गतेभित्रमा निर्णय सच्याएमा काँग्रेस मै पुनः फर्किनेछु, अन्यथा स्वतन्त्राट उम्मेदवारीका साथै सधैंका लागि नेपाली काँग्रेस परित्याग गर्नेछौं ।’

जनकपुरधाम उपमहानगरपालिकाको २५ वटै वडामा नेपाली काँग्रेसकै चेहराको उम्मेदवार हुन्छ । तर चुनाव चिन्ह छाप स्वतन्त्रबाट हुन्छ साहले भने, काँग्रेसको यस्ता क्रियाकलापबाट नेपाली काँग्रेसमा आबद्धहरु असन्तुष्ट छन् । अहिलेपनि निर्णय सच्याउन समय बाँकी छ । समयमा काँग्रेसले निर्णय नसच्याएमा बाध्य भएर नेपाली काँग्रेस छोड्ने नै छौं । आजबाट आफू नेपाली काँग्रेसको झण्डा बोक्दैनौं ।’
उनले आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसकै चेहराले विजयी हुने विश्वास रहेको बताए ।

उनले स्वतन्त्र भएर लड्न साथीहरूले नै दिएको सल्लाह सुझाव अनुसार नेपाली कांग्रेसको रक्षाका लागि राजीनामा गरेर स्वतन्त्र उम्मेदवारी दिने निर्क्यौलमा पुगेको जनाए ।

मेयर जसपालाई दिने निर्णय सच्याउन साहले यसअघि २४ घण्टे अल्टिमेटम दिएका थिए। निर्णय सच्याउन शुक्रबार बिहान ११ बजेसम्म दिएको अल्टिमेटम सकिएपछि उनले पार्टीबाट राजीनामा गर्ने निर्णयमा पुगेकाे साहले जनाए ।

उनले स्वतन्त्र उम्मेदवार बने रूख चिन्ह नहुने भए पनि सबै कांग्रेसी मतदाताले आफूलाई मत दिने बताए। गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणले गठबन्धनको विरूद्धमा लाग्नेलाई कारबाही गर्ने अभिव्यक्ति दिएको भन्दै उनले आफू कांग्रेसको सदस्य नै नरहे कसैले कारबाही गर्न नसक्ने बताए।

अघिल्लो स्थानीय तह निर्वाचनमा पनि साह जनकपुरधामको मेयरमा चुनाव लडेर तत्कालीन राजपाका उम्मेदवार लालकिशोर साहसँग पराजित भएका थिए।

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

सम्बन्धित खबर

मधेश प्रदेश

महोत्तरीको बलबा ११ मा नेकपा माओवादीबाट अध्यक्षमा ३४७ मतले यादव बिजय

Banner News

जनकपुरको ताजा अपडेट : मतान्तर बढाउँदै काँग्रेसका बागी उम्मेदवार (घण्टाघर) १५८७ ले अगाडि

Banner News

ढल्केवरमा एक युवकको शव फेला

Banner News

सोनमा ८ मा नेपाली काँग्रेसबाट सिंह बिजयी

Banner News

औरही नगरपालिकामा लोसपाबाट वडा नं १ मा चौधरी ४ मतले प्यानल सहित विजयी

Banner News

बर्दिबास १३ को ताजा अपडेट : एमालेको २३५ मतले अग्रता कायम

Load More

ताजा अपडेट

महोत्तरीको बलबा ११ मा नेकपा माओवादीबाट अध्यक्षमा ३४७ मतले यादव बिजय

जनकपुरको ताजा अपडेट : मतान्तर बढाउँदै काँग्रेसका बागी उम्मेदवार (घण्टाघर) १५८७ ले अगाडि

ढल्केवरमा एक युवकको शव फेला

सोनमा ८ मा नेपाली काँग्रेसबाट सिंह बिजयी

औरही नगरपालिकामा लोसपाबाट वडा नं १ मा चौधरी ४ मतले प्यानल सहित विजयी

बर्दिबास १३ को ताजा अपडेट : एमालेको २३५ मतले अग्रता कायम

जनकपुरका युवा अभियन्ता मिश्र पक्राउ

बर्दिबास १३ को ताजा अपडेट : एमालेको ११७ मत सहित अग्रता

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]

बिजय कुमार साह
9804840605
[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English