Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

ओझेलमा परेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक नगरी ‘मटिहानी’ यसरी सफल भए चर्चा बटुल्न

mm न्युज डेस्क
२०७९ बैशाख १०, शनिबार २२:२९ बजे
  • राजकरण महतो/महेशकुमार दास

उर्जाशिल भूमि महोत्तरीको मटिहानी एकाबिहानै पाहुनाको लर्को लाग्छ, कहिले राष्ट्रपति त कहिले मुख्यमन्त्रीको त कहिले पूर्वप्रधानमन्त्रीको ।

ओझेलमा परेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक मटिहानी नगरीले अहिले खुबै चर्चा बटुलेको छ । देशकै ध्यान तानेको छ । सबैको नजर परेपछि महिटानीको आश लाग्दो वर्तमान र उज्यालो भविष्य रहेको देखा परेको छ । अहिले त देश तथा विदेशका ख्यातिप्राप्त व्यक्तिहरुले पवित्र भूमि महिटानी टेक्छन् । एक पटक पुग्ने पाहुना त्यहाँको ‘ब्राण्डएम्बेष्टर’ को भूमिकामा देशभर प्रस्तुत हुन्छन् । सारा गाउँले भन्छन्, ‘गाउँमा सिंहदरबार आयोे, मटिहानीको दिन फेरियो ।’

 अहिले जस्तो पर्यटक र चर्चा उहिले महिटानीले कहाँ पाउँथ्यो । २०७३ सालमा मटिहानी नगरपालिका गठन भयो । २०७४ सालमा स्थानीय तहको चुनाव भयो । नेपाल पत्रकार महासंघ महोत्तरीको तीन कार्यकाल नेतृत्व सम्हालेका वरिष्ठ पत्रकार हरिप्रसाद मण्डलको नेतृत्वलाई जनताले जनसमर्थन दियो । त्यसपछि त मटिहानीको मठमन्दिर, बाटोघाटो, शैक्षिक संस्था, स्वास्थ्य तथा समग्र भौतिक पूर्वधारले जगमगाउँदो छ ।

ईतिहासले गरिमा बढायो
स्थानीय सरकार आएपछि पुराना वैभवहरुको खोजी गर्न थालिए पछि मटिहानीमा देशकै जेठो गुरुकुल विक्रम सम्वत् १७७५ स्थापना भएको भेटियो । ‘जसले मटिहानीको गरिमा र ओज बढायो’, प्रधानाध्यापक पौडेल भन्छन्, ‘यो गुरुकुलमा बालागुरु षडानन्द पढेर उहाँले भोजपुरको दिंगलामा १९३२ मा पाठशाला खोल्नु भएको थियो ।’

मटिहानीको महिमा सुनेर गत मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँ भ्रमण गरिन् । गाउँलेहरुले उनलाई मनैदेखि भव्य स्वागत तथा अभिनन्द गरेका थिए ।

मटिहानी नगरपालिकाका मेयर मण्डलका अनुसार, मटिहानी नगरपालिकाले पाँच वर्षको अवधिमा डेढ दर्जन बढी पोखरी, मठमन्दिर, पार्क तथा मस्जिद–मदर्सा संरक्षण, नयाँ निर्माण तथा पुर्ननिमार्ण गरियो । नाला, पक्की, पुल निर्माणले आवतजावत सहज भयो । सडक बत्तिले गाउँनगर सबका सब झलमल बनेको छ । दर्जन बढी धर्मशाला, सामुदायिक भवन निमार्ण गरिएको छ । वडा कार्यालयले आफ्नै भवन पाएको छ । पोखरीको सौन्दर्यकरणले मटिहानीको मुहार फेरिएको छ ।


स्वास्थ्य तथा शिक्षा क्षेत्रमा व्यापक सुधार ल्याइएको छ । बर्थिङ्ग सेन्टर संचालनदेखि स्कूलमा विद्यार्थीलाई ल्याप्टप वितरण गरिएको छ । आँपको रुखमुनी बसेर पढ्ने बालबालिकाले विद्यालयमा भवन पाएका छन् शौचालय तथा छात्रका लागि सेनेटरी प्याडको प्रबन्ध मिलाइएको छ । पियासिएका नागरिकले आगनमै चपाकल पाएका छन् ।

संध्याकालिन आरतीले लोभ्याउँछ
आहा ! कति सुन्दर लक्ष्मीसागर पोखरी । रातीको दृष्य त झनै मनमोहक । पोखरी किनारमा बोट विरुवा हुर्किरहेको छ । झिलिमिली बिजुली वत्तिले पोखरी किनार बेहुली झैं शृङगारीएको भान हुन्छ ।

 

बिहीबारको हरेक साँझ त मटिहानी उत्सवमय बन्छ, जहाँ लक्ष्मीनारायण भगवानको आरतीले उल्लास भर्छ । लक्ष्मीनारायण भगवान्को स्तुतीगानले सबैको ध्यान खिच्छ । मधुर ध्वनीमा वज्नेकर्णप्रिय संगीतले भक्तहरुलाई मन्त्रमुग्ध बनाइदिन्छ । आरतीको अन्तिम क्षण त झनै लोभलाग्दो हुन्छ । घरीघण्टासंगै जय, जयकारमा सबैले स्वर थप्छन्, हात उठाउँछन् । र भन्छन्, लक्ष्मीनारायण भगवान् कि जय, नेपाल आमाकी जय, मटिहानीबासीको जय, भक्तजनको…।

मटिहानीका तीन कुनामा ठडिएको छ स्वागत् द्वार । कलात्मक शैलीको ती गेटले मटिहानीबासीको मात्रै प्रतिनिधित्व गर्दैन, मटिहानी नगरीमा पाल्ने पर्यटकलाई स्वागत् पनि गर्छ । स्वागत् द्वार प्रवेश गरेर मटिहानी पुग्दा जो कोहीको मनमा कौतुहल्ता पैदा गरिदिन्छ । पक्की सडक हुँदै सररर…..। सडक किनारका बत्तिले झलमल । लाग्छ रातपनि दिनसमान ।

भारतको मधवापुरबाट होस् या महोत्तरीको पिपराबाट होस् या त जलेश्वरबाट मटिहानी प्रवेश गर्नुस् । लक्ष्मीनारायण मठ पुग्दा त मन झन खुशी गदगद भैइदिन्छ ।

हिन्दु–मुस्लिम भाई–भाई !
पोखरीको उत्तरीकिनारमा अवस्थित लक्ष्मीनारायण मठ र दक्षिण डिलमा ठडिएको पीरबाबाको मजारले धार्मिक एकताको माला उन्छ । जसले मटिहानीको धार्मिक, साँस्कृतिक, पौराणिक महिमालाई झल्काउँछ । यहाँ मस्लिम धर्मगुरु पिरबाबा र रामानन्दी समुदायका सन्त तस्मैयाबाबाले साँढे पाँच सय वर्षअघि लगाएको धार्मिक सहिष्णुताको दोस्ती अझै जीवित छ यालना विद्यापिठका सह–प्राधाध्यापक ध्रुव राय बताउँछन् ।

उनी भन्छन्, ‘हिन्दुहरु मजारमा दुवा माग्न पुग्छन् भने मुस्लिमहरु मठमा ताजिया प्रदर्शन गर्छन्’ यो समाजिक सद्भावको अनुपम उदाहारण हो, हिन्दु(मुस्लिम भाई(भाई !

लोभ लाग्दो ईतिहास
पोखरी दक्षिणी तर्फ देश कै जेठो गुरुकुल राजकीय संस्कृत माध्यमिक विद्यालय छ । जुन ३०३ वर्ष पुरानो हो । मटिहानीले देशभरी शैक्षिक गुण लगाउँछ । जसले समृद्ध देश निर्माणका लागि बालागुरु षडानन्द जस्ता थुप्रै लाल जन्मायो । पोखरीको चारै डिलमा मठमन्दिर, मजार, गुरुकूल तथा क्याम्स मटिहानीको साँढे पाँच वर्षको सिङ्गो युगलाई प्रतिनिधित्व गर्छ ।

‘मटिहानीसंग यि सबै वैभव र सिङ्गो ईतिहास थियो’, राजकीय संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडे्ल भन्छन्, ‘तर, ती सबै गुमनाम जस्तै थियो । गर्भिलो ईतिहास, कमजोर वर्तमान र आशाले भरिएको भविष्य बोहेक केही जीवित थिएन ।’ बिग्रेको, भत्केको अनि संरक्षणको मुख ताक्दै गरेको अवस्थामा पाँच वर्षअघिसम्म मठमन्दिहरु देखिन्थ्यो । तर, अहिले स्थानीय सरकारले मठमन्दिर, पाठीपौवा, धर्मशालाको जीर्णोउद्दार तथा नयाँ निर्माण गरेसंगै मटिहानीको सौन्दर्य उज्यालिएको प्रधानाध्यापक पौडेल सुनाउँछन् ।

रुखमुनी पढ्ने बाध्यता हट्यो
जीर्ण भवन र भवन अभावले पढाईमा समस्या हुन्थ्यो । मटिहानी स्थित लक्ष्मी नारायण मा.वि. सिमरदहीका बच्चाहरु विद्यालय परिसरमा रहेको आँपको रुख मुनि पढ्थे । तर अव त्यो समस्या हटेको छ । विद्यालयमा ६ कोठे भवन निर्माण गरिएको छ । नगरपालिकाले नगरभरिका विद्यालयहरुमा १४ वटा कोठा निर्माण गर्न सफल भएको छ ।

त्यसैगरि एक वटा सभा हल र ४ वटा शौचालय निर्माण पनि गरिएको छ । राम मा.विमा मटिहानीमा ४ वटा कोठा निर्माण गरिएको छ । यो विद्यालयमा हल पनि बनाइएकोछ ।

नेपाल राष्ट्रिय जनता मा.वि.मझौरामा ६ कोठे विद्यालय भवन र शौचालय बनाइएको छ । उता फैजुल गुरवा मदर्सा आधारभूत विद्यालय बरदाहामा शौचालय बनेको छ । रामजानकी दलित आधारभूत विद्यालय महिटानीमा दुई कोठे भवन र शौचालय निर्माण गरिएको छ । त्यसैगरि नेपाल राष्ट्रिय जनता सर्वोदय आधारभूत विद्यालय धिरापुर आवरमा शौचालय बनाएको छ ।

रतौली युवा क्लब र मटिहानी नगरपालिकाको आर्थिक सहयोगमा नगर भरिका विद्यालयमा खानेपानी तथा शौचालयको व्यवस्था गरिएको क्लवका कार्यकारी निर्देशक वैद्यनाथ चौधरी बताउँछन् ।

विद्यार्थी हात–हातमा कम्प्युटर
मटिहानीका बच्चाका लागि आधुनिक शिक्षा कोसौं टाढाको कुरो थियो । अहिले त्यो नजिकिएको छ । राम मावि प्राविधिक शिक्षा अन्तर्गत कम्प्युटर ईजिन्यिरिङको पढाई भइरहेको छ । विद्यालयका प्राधानाध्यापक अजय पाण्डेका अनुसार गरिव तथा विपन्न विद्यार्थीहरुले घरकै नुन रोटी खाएर आफ्नै गाउँठाउँमै आधुनिक शिक्षा पाए पछि दंग छन् ।

नगरपालिकाले नगर क्षेत्र भित्रका मा.वि. स्तरका विद्यार्थीहरुलाई कम्प्युटर र ल्यापट वितरण गरेको छ । उनीहरुलाई तीन सय ३३ थान कम्प्युटर तथा ल्यापट वितरण गरिएको मटिहानी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत राजेश शर्माले बताउँछन् ।

उनका अनुसार राम मा.वि. मटिहानीका विद्यार्थीलाई १७५ थान, लक्ष्मीनारायण मा.वि सिमरदहीका विद्यार्थीलाई ४३, नेपाल राष्ट्रिय जनता मा.वि मझौरा विसनपुरका विद्यार्थी १६ थना गरि २३४ छात्रछात्रालाई कम्प्युटर वितरण गरिएको छ ।

त्यसैगरि राम मावि महिटानीका ७४ र नेपाल राष्ट्रिय जनता मा.वि.मझौरा विसनपुरका २५ गरि जम्मा ९९ सय छात्रछात्रालाई ल्यापट वितरण गरिएको छ ।

साइकलले छात्रा विद्यार्थी उत्साहित
‘बेटी बचाउ, बेटी पढाउ’ कार्यक्रम अन्तर्गत मुख्यमन्त्री कार्यालयको सहयोग तथा नगरपालिकाको आफ्नै लगानीमा २६७ थान साइकल वितरण गरियो ।

राम मा.वि. मटिहानीमा १०७, लक्ष्मीनारयाण मा.वि. सिमरदहीमा ४३, राष्ट्रिय मा.वि. सिरसियामा १७, नेपाल रािष्ट्रय सर्वोदय आधारभूत विद्यालय धिरापुर आवरमा १५, नेपाल राष्ट्रिय जनता मावि मझौरा विसनपुरमा ३९ गरि २२१ बालिकालाई साइकल वितरण गरियो । त्यसैगरि नगरपालिकाले आफ्नो श्रोतबाट राम मा.वि.मा ४६ बालिकालाई साइकल वितरण गरियो ।

यसै विद्यालयमा जानकी महिला जागरण समाज जनकपुरको सहयोगमा २५ छात्रछात्रालाई स्कूल व्याग वितरण भयो । दश वर्षे नगर शिक्षा योजना (२०७८–२०८७) निर्माण गरिएको छ । विद्यालयको भौतिक शैक्षिक तथा आधुनिक शिक्षामा जोड दिने योजनामा उल्लेख छ । अहिले विद्याथीको शैक्षिक गुणस्तर बढाउन समाजिक विकास केन्द्र जलेश्वरको सहयोग र नगरपालिकाको साँझेदारीमा १७ वटा सामुदायिक तथा धार्मिक विद्यालयमा समता तथा समावेशी शिक्षा कार्यक्रम संचालन गरिएको मटिहानी नगरपालिका शिक्षा संयोजक चन्देश्र साह बताउनु हुन्छ ।

स्वयंसेविकालाई मोबाईल, गर्भवतिलाई बर्थिंङ सेन्टर
मटिहानीको सबै वडामा आधारभुत स्वास्थ्य चौकीको सेवा विस्तार गरिएको छ । १५ शैय्या अस्पताल निर्माणधिन अवस्थामा छ । स्थानिय सरकार आएपछि भवन नभएका पाँच वडामा आधारभुत स्वास्थ्य सेवा भवन निर्माण गरिएको छ । नांै वडामा फैलिएको यस नगरपालिकाको सिमरदही र मटिहानीमा बर्थिंङ सेन्टर संचालनमा ल्याइएको स्वास्थ्य शाखा प्रमुख पवन मण्डल बताउँछन् ।

महिला अधिकारकर्मी मरनी देवीका अनुसार साविककै गाविसको संरचना हुँदा स्वास्थ्य चौकी थियो तर बर्थिङ सेन्टर थिएन, गर्भवति महिलाहरु प्रसुती गराउन सदरमुकाम जलेश्वर जानु पथ्र्यो कि जनकपुरको भर पर्नु पथ्र्यो । तर नगर भित्रै वर्थिङ सेन्टर संचालनमा आएपछि अब भने प्रसति गराउन अन्यत्र जानै पर्ने टरेको छ अधिकारकर्मी मरणीले सुनाइन् ।

गरिव तथा विपन्नलाई नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा तथा औषधी उपचार गर्दै आएको छ । नगरपालिकाले कोरोना महामारी नियन्त्रणमा ठूलो भूमिका खेलेको थियो । पिसिआर परिक्षणदेखि सचेतना वृद्धिमा सरकारले गाउँ गाउँमा काम गरेको थियो ।

वडा नं. ७ का वडा अध्यक्ष जितनारायण माझि भन्छन्, ‘स्थानिय सरकारको भूमिका कस्तो हुनु पर्छ भने कोरोना महामारीले पुष्टि ग¥यो, वडा वडामा सरकारको संरचना विस्तारले नागरीकलाई चैन अनुभुती गरायो ।’

गर्भवति आमाका लागि सुनौलो हजार दिन कार्यक्रम गरेर पोषिलो आहार वितरणदेखि स्वयम् सेविकालाई प्रोत्साहन स्वरुप सूचना सञ्चारका लागि हात हातमा मोबाईल दिइयो । बाल मृत्युदर घटनाउन तथा गर्भवति महिलाको जिवन रक्षामा स्वयम् सेविकाहरुको सक्रियता पुजनीय छ ।

जहाँका बालबालिका रंगशालामा खेल्छन्
एक करोड चार हजारको लागतमा मटिहानीमा भव्य रंगशाला निर्माण गरिएको छ । दुई विग्हा क्षेत्रफलमा रंगशाला फैलिएकोे मटिहानी नगरपालिकाका ईन्जिनियर विमलेश साहले बताए ।

यहाँ नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता वर्षेनी संचालन हुन्छ । नगरपालिकाका शिक्षा संयोजक चन्देश्वर साहका अनुसार खेल प्रतियोगितामा सहभागि हुने विद्यार्थीलाई पोशाक, खेल समाग्रीको व्यवस्था गरिएको छ । छिमेकी गाउँहरुबाट खेल खेल्न विद्यार्थीहरु रंगशाला पुग्ने गरेका छन् ।

४५ कि.मि. सडक सञ्जाल निर्माण
हिलाम्य बाटाघाटाहरु पक्की बनेका छन् । अब साउन महिनामा पनि गाउँलेलाई हिडडुल गर्न सहज भएको छ । मटिहानी नपाका ईन्जिनियर विमलेश साहका अनुसार महिटानी नगरपालिकाले पाँच वर्षको अवधिमा ४५ किलोमिटर सडक नयाँ तथा पक्की सडक संजाल विस्तार गरेको छ ।

त्यसैगरि साँढे ११ किलो मिटर पक्की, १८.४ किलोमिटर कच्ची तथा ग्राबेल सडक र १५ किलो मिटर नयाँ सडक विस्तार गरिएको हो । ८ वडा कल्भर्ट, बक्स कल्भर्ट निर्माण गरिएको छ ।

घरघरमा खानेपानीको व्यवस्था
‘धन्न स्थानिय सरकार आएपछि आफनै वारिमै चापाकल जडान गरि दिएपछि पिउने पानीको पाउन सहज भएको छ,’ मटिहानी नगरपालिका– ६ की निर्मला देवी सहनीले भनिन्, ‘पहिल्यै त एक ग्रागी पानी ल्याउन पनि टाढै जानु पर्ने बाध्यता थियो । कसैले हाम्रो लागि केहि सोच्दैन्थे तर हाम्रोबारे पनि सोच्ने कोहि छन् भने भान हुन थालेको छ ।’

खानेपानीका लागि नगरभरी चार सय ५ थान चपाकल गाडिएको छ । गरिव तथा विपन्न समुदायले शुद्ध खानेपानी पिउन पाउन थालेका छन् । शौचालय निर्माणका लागि विपन्न परिवारलाई ३ सय थान रिंग समेत वितरण गरिएको छ । अतिविपन्न परिवारलाई शौचालय बनाउन रिंग पाए पछि घर–घरमै शौचालय छ । यसले हाम्रो जीवन स्तर फेरिएको मटिहानी नगरपालिका–५ का रामबाबु यादवल बताउँछन् ।

टावर लाइटले उज्यालियो मटिहानी
पक्की बाटाघाटाको किनारको पोलमा बिजुली बत्ति बल्छ । राती गाउँलेहरु निफिक्किर आउजाउ गर्छन् । सडकका बिजुलीवत्तिले महिटानी झलमल बनेकोमा खुशी व्यक्त गर्छन् स्थानीय चन्द्रशेखर मण्डल । मटिहानीको चौकचौराहा, मठमन्दिर, सकडमा ४८२ थना सोलार, टावर लाईट तथा स्मार्ट लाईटलाई जडान गरियो । १२९ थान सोलार, ५३ थान टावर लाइट र ३ सय थान स्मार्ट लाईट जडान गरेर अध्याँरो मटिहानीलाई उज्यालो महिटानी बनाइएको छ ।

आफ्नै भवनमा वडा कार्यालय
महिटानी नगरपालिकाले आफ्नो ३ वटा वडा कार्यालय भवन निर्माण गरेको छ । अरु वडा कार्यालयलाई मर्मतसम्भार तथा रंगरोगन गरिएको छ । वडा नं.–१ सानो धिरापुर, वडा नम्बर ३ बरदाहा, वडा नं.–५ गोबरौराको वडा कार्यालय निर्माण गरिएको हो । नगर प्रमुखको कार्यकक्ष तथा महिटानीमा अथिति गृह निर्माण सम्पन्न गरियो ।

गुलजार बन्यो बजार
जनप्रतिनिधि नहुँदा मटिहानीको बजार व्यवस्थान कमजोर भयो । तर, रेखदेख र व्यवस्थान नहुँदा बजारको रौनक विलाएको थियो । महिटानी महोत्तरीको पुरानो व्यपारिक केन्द्र हो । हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य बजारमा खुटा टेक्न ठाउँ हुँदैन थियो । ग्राहकहरु पारी भारतको मधवापुर जान थाल्यो । वारीको बजार सुक्यो । तर, महिटानी नगरपालिकाले अहिले बजार व्यवस्थापन गरेको छ । पहिला सातमा तीन दिन मात्रै बजार लाग्थ्यो । अहिले सातै दिन बजार लाग्छ । हरियो तिमन तरकारी किन्नेहरुको मटिहानी बजारमा भिड लाग्छ । यसले बजारको पुरानो बिरास्त फर्काएको छ ।

स्थानीय सरकारले बजारका बाटाघाटा, सार्वजनिक शौचालय, सडक बत्ति जडान, आकर्षक घण्टाघर, बजार प्रवेशद्वार निर्माण गरेपछि बजारको रौनक बढेको हो । जनप्रतिनिधि आएपछि मटिहानी शैक्षिक, धार्मिक र पर्यटकीय गणतव्यको रुपमा चर्चा पाउन थालेको महोत्तरी उद्योग वाणिज्य संघ मटिहानीका अध्यक्ष मोहन गुप्ता बताउँछन् ।

‘यहाँ त पहिला देखिनै पौराणिक, ऐतिहासिक महत्वका मठमन्दिर, शैक्षिक केन्द्र छँदै थियो । तर, उजागर भएको थिएन । स्थानीय सरकारको प्रयासमा महिटानीका ती धरोधहरको संरक्षण, सम्बद्र्धन गरियो’, उनी भन्छन्, ‘अहिले देशमै महिटानीले चर्चा पायो । यसले यहाँको पर्यटन प्रबद्र्धनमा टेवा पुग्यो । फलफूल बिक्री गर्ने व्यवसायीदेखि होटल व्यवहास फष्टाउन थालेको छ ।’ पाँच वर्षको अवधिमा दर्जन बढी नयाँ होटल खुलेको उनी सुनाउँछन् ।-दपब्लिकटुडे

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

सम्बन्धित खबर

मधेश प्रदेश

महोत्तरीको बलबा ११ मा नेकपा माओवादीबाट अध्यक्षमा ३४७ मतले यादव बिजय

Banner News

जनकपुरको ताजा अपडेट : मतान्तर बढाउँदै काँग्रेसका बागी उम्मेदवार (घण्टाघर) १५८७ ले अगाडि

Banner News

ढल्केवरमा एक युवकको शव फेला

Banner News

सोनमा ८ मा नेपाली काँग्रेसबाट सिंह बिजयी

Banner News

औरही नगरपालिकामा लोसपाबाट वडा नं १ मा चौधरी ४ मतले प्यानल सहित विजयी

Banner News

बर्दिबास १३ को ताजा अपडेट : एमालेको २३५ मतले अग्रता कायम

Load More

ताजा अपडेट

महोत्तरीको बलबा ११ मा नेकपा माओवादीबाट अध्यक्षमा ३४७ मतले यादव बिजय

जनकपुरको ताजा अपडेट : मतान्तर बढाउँदै काँग्रेसका बागी उम्मेदवार (घण्टाघर) १५८७ ले अगाडि

ढल्केवरमा एक युवकको शव फेला

सोनमा ८ मा नेपाली काँग्रेसबाट सिंह बिजयी

औरही नगरपालिकामा लोसपाबाट वडा नं १ मा चौधरी ४ मतले प्यानल सहित विजयी

बर्दिबास १३ को ताजा अपडेट : एमालेको २३५ मतले अग्रता कायम

जनकपुरका युवा अभियन्ता मिश्र पक्राउ

बर्दिबास १३ को ताजा अपडेट : एमालेको ११७ मत सहित अग्रता

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]

बिजय कुमार साह
9804840605
[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English