जनकपुरधाम- जनकपुरकाे लागि उपमेयरको टिकटमा सिफारिस भएकी नेपाली काँग्रेसकी नेतृ रुना झा टिकट नपाएपछि नेकपा एमालेमा प्रवेश गरेकी छिन्।
नेपाली कांग्रेसबाट जनकपुरधाम उपमहानगरमा उपमेयरको टिकट नपाएपछि रुना झा नेकपा एमाले प्रवेश गरेकी हुन् । उनलाई एमाले केन्द्रीय सदस्य जुली महतोले पार्टी प्रवेश गराएकी छिन् ।
नेपाली कांग्रेसको उपमहानगर समितिले उनलाई उपमेयर पदका लागि सिफारिस गरेको थियो । तर, कांग्रेसले गठबन्धनबाट किशोरी साहलाई उपमेयरको टिकट दिएपछि उनले पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गरेकी हुन् ।

एमालेले झालाई उपमेयरको टिकट दिने भएपछि उनले फेसबुक मार्फत् राजीनामा दिँदै एमाले प्रवेश गरेकी जनाएकी छिन् । उनी कांग्रेसको प्रदेश समिति सदस्य समेत थिइन् ।


https://www.facebook.com/photo/?fbid=1509722449424387&set=a.124440724619240
प्रतिक्रिया दिनुहोस् !