महोत्तरी। जिल्लाको उत्तरी भेगमा रहेको गौशाला नगरपालीकाको वडा नंम्बर ९ का वडा अध्यक्षका एक उम्मेदबार अहिले निकै चर्चामा छन्।
निजामती कर्मचारी सेवाबाट अबकाश प्राप्त शिबशरण राय यादव बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको चुनाबमा नेकपा एमालेबाट वडा अध्यक्ष पदका उम्मेदबार हुन्। करीब ३५ बर्ष निजामती कर्मचारी सेवाबाट राष्टृलाई सेवा गरेका यादब यसपाली पुन जनतालाई सेवा गर्ने अठोट सहित जनप्रतिनिधिको रूपमा अघि बढ्ने प्रयासमा छन्।
बुधबार बिहान शिरिष अनलाईन डटकम संग संक्षिप्त कुरागर्दै यादबले भने मलाई वडाबासीले तपाईलाई कर्मचारीको रुपमा हेरीसके अब अगुआ अर्थात अध्यक्ष बन्नुपर्छ’ गरेका अनुरोधलाई अस्विकार गर्न नसकेको बताए ।

खासै राजनितीमा कहिले पनि नदेखिने यादव जनसेवा गर्नुपनि एक मानबताको नेक कार्यको उदाहरण हो भन्दै राजनितीमा होमिएको बताए ।


प्रतिक्रिया दिनुहोस् !