Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

स्थानिय निर्वाचन: मधेश प्रदेशमा २४ हजार भन्दा बढी उम्मेदवार

mm न्युज डेस्क
२०७९ बैशाख १४, बुधबार १०:५५ बजे

जनकपुरधाम- मधेश प्रदेशका १ सय ३६ स्थानीय तहमा २४ हजार १ सय ४३ जनाले प्रमुखदेखि सदस्य सम्मको पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

आइतवार र सोमबार निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय तोकेका थिए । सो अवधिमा प्रमुखमा १ हजार ५, अध्यक्षमा ७ सय ५४, उपप्रमुखमा ४ सय ९५, उपाध्यक्षमा ३ सय ८३, वडाध्यक्षमा ५ हजार ९ सय ६, महिला सदस्यमा ३ हजार ९ सय १८, दलित महिला सदस्यमा ३ हजार ७ सय ११, सदस्यमा ७ हजार ९ सय ७१ गरी जम्मा २४ हजार १ सय ४३ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको नयाँ नेतृत्वका लागि मेयर पदमा २१ र उपमेयर पदमा १० जनाले उम्मेदवारी दिएका छन् । राजनीतिक दलको तर्फबाट मेयर पदमा १० सहित २१ जनाले उम्मेदवारी दिएका हुन् भने उपमेयरमा राजनीतिक दलको तर्फबाट ६ जनाले उम्मेदवारी दिएका छन् भने ४ जना स्वतन्त्र रुपमा उम्मेदवार छन् ।

उपमहानगरपालिकामा सत्तारूढ गठबन्धनका तर्फबाट मेयर पदका लागि लालकिशोर साह र उपमेयरमा किशोरी साहले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट मेयरमा मनोजकुमार चौधरी र उपमेयरमा रीता कुमारी मिश्रले उम्मेदवारी दिएका छन् भने नेकपा एमालेको तर्फबाट मेयरमा शिवशंकर साह (हीरा) र उपमेयरमा काँग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेकी रुना झाले उम्मेदवारी दर्ता गराएकी छिन् ।

करिब एक साताअघि नेकपा एमालेमा प्रवेश गरेका जानकीराम साहले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् भने एमालेबाट बागी उम्मेदवार बनेर उपमेयरमा सरोज कुमार मिश्रले उम्मेदवारी दर्ता गराएका छन् । त्यसै गरी नेपाल जनता पार्टी नेपालबाट मेयरमा मुरली मनोहर मिश्र र उपमेयरमा बन्दना पाण्डेय उम्मेदवारी दिएकी छन् भने जनमत पार्टीबाट मेयरमा अनिता देवी साह र उपमेयरमा सन्तोष कुमार साहले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट विद्रोह गरी तराई मधेश लोकतान्त्रिक पार्टीबाट प्रवेश गरेकी विभा ठाकुरले मेयर र ईश्वर पण्डितले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् । जनकपुरधामको मेयर पदमै नेकपा मालेबाट गीता कुमारी मण्डलले उम्मेदवारी दिएकी छन् ।

त्यस्तै मेयरमा स्वतन्त्ररुपमा काँग्रेसबाट राजीनामा दिएका मनोजकुमार साह, बलराम महतो, वैद्यनाथ साह, श्यामकिशोर मण्डल, लक्ष्मण साह, रामसेवक यादव, बिक्की यादव, अनिल पँजियार र सुधीर कुमार महतोले उम्मेदवारी दर्ता गराएका छन् ।

यसअघि नेकपा एमालेले मेयर पदको टिकट नदिँदा बागी उमेश चौधरी र कुमारी बनिता यादवले आइतबार नै उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराइसकेका छन् भने कांग्रेसले टिकट नदिँदा निर्मल कुमार चौधरीले पनि उपमेयरमा बागी बन्दै उम्मेदवारी दर्ता गराएका छन् ।

धनुषामा ठूला दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल सहितका ३२ दलहरू दर्ता छन् ।

त्यस्तै जीतपुर सिमरा उपमहानगर प्रमुखमा गठबन्धन सहित ठुला–साना दलबाट १२ जनाले उम्मेदवारी दिएका छन् ।

वीरगञ्ज महानगरपालिकाको नगर प्रमुखका लागि निवर्तमान मेयर विजय सरावगीसहित १८ जनाले उम्मेदवारी दिएका छन् । मनोनयन १८ जनाको दर्ता भए पनि मुख्य प्रतिस्पर्धा दुई गठबन्धनका उम्मेदवारबीच हुने आकलन गरिएको छ । सत्तारुढ गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह र नेकपा एमाले नेतृत्वको गठबन्धनबाट एमालेका सरावगी बीच मुख्य प्रतिस्पर्धा हुनेछ । ०७४ सालको स्थानीय चुनावमा पनि दुवै जना मेयरका प्रतिस्पर्धी थिए । सिंह तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) मा थिए भने सरावगी संघीय समाजवादी फोरममा थिए। सरावगी निर्वाचित भए भने सिंह नेपाली कांग्रेसको उम्मेदवारपछि तेस्रो स्थानमा रहेका थिए । तर अहिले सरावगी र सिंह जुन पार्टीबाट मेयरको चुनाव लडेका छन्, त्यो भने दुबैको पहिलो रोजाइको दल होइन । स्थानीय चुनाव नजिकिएदेखि नै दुबै जना दल बदल्न चाहन्थे । जसपाबाट टिकट पाउने सम्भावना कमजोर भएपछि सरावगीले फेरि मेयरको टिकट पाउने गरी कांग्रेस प्रवेश गर्न चाहेका थिए ।

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

सम्बन्धित खबर

Banner News

औरही नगरपालिकामा लोसपाबाट वडा नं १ मा चौधरी ४ मतले प्यानल सहित विजयी

Banner News

बर्दिबास १३ को ताजा अपडेट : एमालेको २३५ मतले अग्रता कायम

Banner News

जनकपुरका युवा अभियन्ता मिश्र पक्राउ

Banner News

बर्दिबास १३ को ताजा अपडेट : एमालेको ११७ मत सहित अग्रता

Banner News

क्षीरेश्वरनाथको ताजा मत अपडेट : एमाले र काँग्रेस बीच कडा टक्कर, एमालेले अग्रता कायम राख्दै

Banner News

क्षीरेश्वरनाथ नगरपालिका -२ को वडाध्यक्षमा नेपाली काँग्रेसका देवु यादव २९४ मतान्तरले विजयी

Load More

ताजा अपडेट

औरही नगरपालिकामा लोसपाबाट वडा नं १ मा चौधरी ४ मतले प्यानल सहित विजयी

बर्दिबास १३ को ताजा अपडेट : एमालेको २३५ मतले अग्रता कायम

जनकपुरका युवा अभियन्ता मिश्र पक्राउ

बर्दिबास १३ को ताजा अपडेट : एमालेको ११७ मत सहित अग्रता

क्षीरेश्वरनाथको ताजा मत अपडेट : एमाले र काँग्रेस बीच कडा टक्कर, एमालेले अग्रता कायम राख्दै

क्षीरेश्वरनाथ नगरपालिका -२ को वडाध्यक्षमा नेपाली काँग्रेसका देवु यादव २९४ मतान्तरले विजयी

गौशाला नगरपालिका वडा नं. २ को ताजा अपडेट : जसपाको ३८१ मतले अग्रता कायम

गौशाला नगरपालिका वडा नं. ३ को ताजा अपडेट : काँग्रेसको अग्रता कायम

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]

बिजय कुमार साह
9804840605
[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English