धनुषा- नबिल बैंक लिमिटेडले धनुषाको महेन्द्रनगरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले आफ्नो १४५ औं शाखा यहाँ सञ्चालनमा ल्याएको हो ।
बिहिबार एक समारोहबीच नेपाल राष्ट्रिय बैंक जनकपुरका निर्देशक निरा ताल्चाभडेल सो बैंकको उद्घाटन गरेका हुन्।उदघाटन गर्दै निर्देशक ताल्चाभडेलले बैंकले यश क्षेत्रमा आर्थिक गतिविधिकाे साथै सामाजिक उत्तरदायित्व समेत बहन गर्ने विश्वास व्यक्त गरिन्।
नबिल बैंक लिमिटेडका प्रमुख व्यापार अधिकारी ज्ञानेन्द्र प्रताप शाहले देश कै निजि स्तरकाे पहिलो बैंककाे रूपमा रहेकाे नबिल बैंकले ३८ वर्ष देखि निरन्तर विश्वसनीय सेवा प्रवाह गर्न सफल भएको बताए।
उद्घाटन समारोहमा महेन्द्रनगर शाखाका प्रमुख निरञ्जन पाेखरेलले बैंकले साना व्यवसायी कर्जा, कृषि कर्जा, रेमिट्यान्स सुविधा, होम लोन लगायतका सेवाको माध्यमबाट यस क्षेत्रको आर्थिक सम्बृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
उद्घाटन कार्यक्रममा क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश यादवले ठूला उद्योगी व्यापारीलाई मात्र हैन सान र लघु उद्यमी व्यापारीहरूलाई समेत लगानी गर्न आग्रह गरे।

नबिल बैंकका जनकपुरका कलस्टर प्रमुख समिर श्रेष्ठका स्वागत मन्तव्यबाट सुरू भएको साे कार्यक्रममा महेन्द्रनगरका विभिन्न संघसंस्था तथा कार्यालयका प्रतिनिधि र उद्योगी व्यापारीहरूकाे उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस् !