वर्दिवास- महोत्तरीको वर्दिवास नगरपालिकामा माओवादी केन्द्रका बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।
टिकट नपापछि स्वतन्त्र उम्मेदवारी दिएका बर्दिबास नगरपालिकाका प्रभावशाली बागी उम्मेदवार रुद्र सुस्लिङ्ग मगरले उम्मेदवारी फिर्ता लिएका छन्।
पार्टीको अनुरोधलाई स्वीकार गर्दै मनोनयन दर्ता फिर्ता गरेको मगरले बताए।
यता कांग्रेसबाट बागी उम्मेदवार दिएका प्रह्लाद क्षेत्रीले भने उम्मेदवारी कायम राखेका छन् तर क्षेत्रीलाई समर्थन गर्दै विभिन्न वडाबाट मनोनयन दर्ता गरेका कांग्रेका उम्मेदवारले भने मनोनयन फिर्ता लिएका छन् ।



प्रतिक्रिया दिनुहोस् !