Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

श्रीमतीलाई जिताउन नेताहरुको कसरत

mm न्युज डेस्क
२०७९ बैशाख १७, शनिबार ०९:५२ बजे

गौर । बैशाख ३० गते हुने स्थानीय तहका निर्वाचनमा रौतहट जिल्लामा नेताहरुले आफ्नो श्रीमतीलाई जिताउन कम्मर कसेर लागेका छन् । जिल्ला तथा केन्द्रीय स्तरका विभिन्न राजनीतिक दलका नेताहरुले पार्टीमा समर्पित भएका कार्यकर्ताहरुलाई पाखा लगाएर आफ्नो परिवार भित्रका सदस्यलाई निर्वाचित गराउन लागि परेका हुन् ।

पार्टीका अन्य पालिकाका उम्मेदवार जिताउन प्रचार प्रसार नगर्ने नेताहरु आफ्नो श्रीमतीलाई निर्वाचित गराउन कसरत गरिरहेको देखिएको छ । परिवार र जातिवाद गर्ने प्रभु साहले आसन्न निर्वाचनको लागि आफ्नो श्रीमती , नाता गोता तथा निजी स्वकीय सचिवलाई पनि चुनावी मैदानमा उतारेर आलोचनाको शिकार भै रहदा जनता समाजवादी पार्टी नेपाल , नेपाली कांग्रेस , नेकपा एस , नेकपा एमालेका नेताहरुले पछि परेका छैनन् । रौतहटको मौलापुर नगरपालिकामा नगर प्रमुखमा प्रभु साहले दोस्रो पटक आफ्नो श्रीमती रिना साहलाइ उम्मेदवार बनाएका छन् ।

अखित्यार दुरुपयोग अनुसन्धान आयोगले घुसको रकम सहित पक्राउ गरेका देवाही गोनाही नगरपालिका निवर्तमान मेयर धर्मेन्द्र पटेलले आफ्नो श्रीमती मधुलिका रानी पटेललाई चुनावी प्रतिस्पर्धामा ल्याएर जिताउनका निमित लागि परेका छन् । राजदेवी नगरपालिकामा नेकपा एमालेका नेता एवं पूर्व संविधान सभा सदस्य बबन सिंहले आफ्नो श्रीमती अंशु सिंहलाई नगर प्रमुखको उम्मेदवार बनाएर चुनावी अभियानमा लागेका छन् । निवर्तमान उपमेयर अंशु सिंह यस अघि संघीय समाजवादी फोरम नेपालबाट उपप्रमुखमा निर्वाचित भएका थिए ।

त्यसै गरी लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल कुमार सिंहले आफ्नो बबिता सिंहलाई उपमेयरमा उम्मेदवार बनाएको छ । मधेश प्रदेशका रौतहट निर्वाचन क्षेत्र नम्बर २ क बाट नेपाली कांग्रेसका प्रदेश सांसद नागेन्द्र प्रसाद सिन्हाले आफ्नो श्रीमती कौशल्या देवी सिन्हालाई बागी उम्मेदवार बनाएर चुनावी प्रचारमा होमिएका छन् ।

नेपाली कांग्रेसबाट टिकट नदिँदा बेलुकी जसपामा प्रवेश गरेकी सिन्हा राती नेकपा एस तथा बिहान ९ बजे लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेर सोही पार्टीबाट इशनाथ नगरपालिकामा नगर प्रमुख पदको प्रत्यासी भएकी हुन् । पार्टीमा लामो समयदेखि सक्रिय युवा नेता महमद जैद राजालाई नेकपा एमालेले अधिकारिक उम्मेदवार न बनाउंदा पार्टी परित्याग गरी जनता समाजवादी पार्टीबाट नगर प्रमुखमा उम्मेदवारी दिए पछि नेकपा एमालेका नेता प्रभु साहले पार्टीका केन्द्रीय सदस्य समेत रहेका किरण साहको श्रीमती सुर्मिला कोइराला एमालेबाट मेयर पदमा प्रत्याशी बनेकी छिन् ।

राजपुर नगरपालिकामा जातीय हिसावले बलियो मानिएका मुस्लिम समुदायका पुर्व मन्त्रि मोहमद आफताव आलमका छोर डाक्टर राजिक आलम र स्वर्गीय स्वास्थ्य राज्य मन्त्री मोहमद मुस्ताक आलमका छोरा जैद राजा बीच सिधा प्रतिस्पर्धा रहेका छन् ।

दुबै उम्मेदवारलाई सहानुभूति मत आउने अमुमन गरिएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति रौतहटका जिल्ला सचिव रामचन्द्र गिरिले परोहा नगरपालिकामा आफ्नो श्रीमती सुगन्धी देवीलाई दोस्रो पटक उम्मेदवार बनाएका छन् । जनताद्वारा जनता माथि गरिने शासन प्रणाली नै लोकतन्त्र हो भन्ने अहिलेको शासन व्यवस्थामा राजनीतिक दलका नेताहरु आफ्नो परिवारवाद ,नाताबाद ,कृपावादमा लागि परेकोले आम नागरिकहरु शासकीय प्रणाली र नेताहरु प्रति असन्तुस्ट देखिएका छन् । पार्टीको लागि झण्डा बोक्ने , आन्दोलनमा ज्यान गुमाउने सामान्य कार्यकर्ता हुन्छ भने मौका आउदा फाइदा लिने नेताहरु हुन्छ ।

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

सम्बन्धित खबर

Banner News

राजेन्द्र महतोका भाई महेन्द्र महतो हार्ने भाकल पूरा भएपछि पासवानले गराए मुण्डन

Banner News

महोत्तरी : उम्मेदवार जसले आफैलाई मत दिएनन

अन्तराष्ट्रिय

पत्रकारलाई गोली हानी हत्या

Banner News

महोत्तरीको गौशालाको मेयर र उपमेयरमा जसपा विजयी

Banner News

क्षीरेश्वरनाथकाे जारि मतगणनामा २ वटा मतपेटिकाकाे सिल टुटेको भेटिए, पत्रकारकाे टाेलीलाई प्रवेश निषेध

Banner News

क्षीरेश्वरनाथको ताजा मत परिणाम : मेयरमा एमाले ६८४ मतले र उपमेयरमा १५१ मतले अगाडी

Load More

ताजा अपडेट

राजेन्द्र महतोका भाई महेन्द्र महतो हार्ने भाकल पूरा भएपछि पासवानले गराए मुण्डन

महोत्तरी : उम्मेदवार जसले आफैलाई मत दिएनन

पत्रकारलाई गोली हानी हत्या

महोत्तरीको गौशालाको मेयर र उपमेयरमा जसपा विजयी

क्षीरेश्वरनाथकाे जारि मतगणनामा २ वटा मतपेटिकाकाे सिल टुटेको भेटिए, पत्रकारकाे टाेलीलाई प्रवेश निषेध

क्षीरेश्वरनाथको ताजा मत परिणाम : मेयरमा एमाले ६८४ मतले र उपमेयरमा १५१ मतले अगाडी

क्षीरेश्वरनाथको ताजा मत परिणाम : एमाले निरन्तर अघि बढ्दै

क्षीरेश्वरनाथ वडा नं. १० मा काङ्ग्रेसका रामपदारथ यादव प्यानल सहित विजयी

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]

बिजय कुमार साह
9804840605
[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English