काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बम राखेको अज्ञात व्यक्तिले फोन गरेपछि सेना परिचालन गरिएको छ।
अज्ञात व्यक्तिले बिहान आज बिहान टेलिफोन गरी आन्तरिक टर्मिनलमा ५/६ ओटा बम राखेको धम्की दिएपछि सेना परिचालन गरी सर्च अपरेशन शुरु गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका प्रमुख एसएसपी भीम ढकालले बताए ।
आन्तरिक उडानका यात्रु बाहिर निकालेर तालिमप्राप्त कुकुरसहितका सुरक्षाकर्मीहरूले विमानस्थलमा सर्च गरिरहेको जानकारी उनले दिए। उनकाअनुसार शंकास्पद वस्तु राखिएको सूचना प्राप्त भएपछि त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान बन्द गरिएको छ।



प्रतिक्रिया दिनुहोस् !