काठमाडौं- त्रिभुवन विमानस्थलमा बम नभेटिएपछि पुन: उडान शुरु गरिने भएको छ। आज विहान अज्ञात व्यक्तिले फोन गरेर आन्तरिक टर्मिनलमा ५/६ ओटा बम राखेको धम्की दिएपछि सेना परिचालन गरी सर्च अपरेशन शुरु गरेको थियो।
सर्च अपरेशन गर्दा कुनै पनि शंकास्पद वस्तु फेला नपरेपछि उडान पुन: शुरु गर्न लागिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए। बम रहेको हल्लाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान-अवतरण एक घण्टासम्म बन्द थियो।
उडान पुन: शुरु गर्नका लागि १ बजेसम्मको उडान भएका यात्रुलाई भित्र लग्ने तयारी गरिएको छ।



प्रतिक्रिया दिनुहोस् !