बिबेक कुमार महतो, गौशाला । महोत्तरीको गौशालामा गएराति कुटपिट गर्दै लुटपाट भएको छ ।
गौशाला नगरपालिका १० जलिलटोल बस्ने जयकिशोर महतोको घरमा गएराति करिब १ बजे कुटपिट गर्दै लुटपाट भएको हो ।
कुटपिटमा महतोका जेठि वुहारी निरा देवी महतोमाथि आक्रमण गर्दै नगद १ लाख १० हजार, गरगहना, टिभी, मोवाईल गरि करिव ३ लाख मुल्य बराबरको धनमाल लुटेका छन् ।

आक्रमणकारीले घरको अन्य कोठामा बाहिरवाट चुकुल लगाएर कुटपिट गर्दै लुटपाट गरिएको पिडित जयकिशोर महतोले बताए ।


निराकोे टाँउकोमा लठि प्रहार गर्दा टाँउकोमा ४ वटा टाका लगाएको उपचारमा संलग्न चिकित्सकले जनाएको छ ।
उनको उपचार गौशालस्थित प्राथमिक स्वास्थ्यकेन्द्रमा भईरहेको प्रहरीले जनाएको छ । घटनाको सम्वन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक रन्जन मिश्रले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस् !