जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेश र मधेसी जनताले सुख–दु:खको साथी माओवादी केन्द्र नै भएको कुरा बुझिसकेको दाबी गरेका छन्।
आज धनुषाको मिथिला विहारी नगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले मधेशी जनता कै मत पाएर आफू दोस्रोपटक प्रधानमन्त्री बन्न सकेको बताउँदै उनले भने, ‘मधेशी समुदायहरुले, बुद्धिजीवीहरुले यो परिवर्तनको बाहक र जनताको सु:खदु:खको साथी माओवादी केन्द्र नै हो भन्ने अब सबैतिर नयाँ चेतना र जागरण आएको छ।’
प्रचण्डले ०७० को निर्वाचनमा मधेशबाटै लडेको र मधेशी जनसमुदायको मत पाएरै आफू निर्वाचित भएको बताए।

उनले भने, ‘मैले ७० को निर्वाचन मधेशबाटै लडें, मधेशी जनसमुदायको मत पाएरै निर्वाचित भएँ र दोस्रोपटक प्रधानमन्त्री पनि मधेशी जनताको मत कै कारणले भएँ। अब हामी तेस्रो निर्वाचन प्रक्रियामा प्रवेश गर्दैछौं, यो निर्वाचनमा मधेशले नयाँ रेकर्ड, नयाँ उदाहरण पेश गर्नुपर्नेछ।’


उनले कहि कतै कुनै भ्रममा नपर्न आह्वान गर्दै देशमा आमुल परिवर्तन माओवादी बाहेक अरुले ल्याउन नसक्ने दाबि गरे ।
प्रतिक्रिया दिनुहोस् !