Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

लोसपा अब पन्चर साईकल हो, मधेशी जनतालाई काम लाग्दैनन् : काँग्रेस महामहामन्त्री थापा

mm धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
२०७९ बैशाख २५, आईतवार १८:४५ बजे

औरही (महोत्तरी)- नेपाली काँग्रेसका महामन्त्री गगन थापाले लोसपा अब हावा बिनाको पन्चर साईकल भएकोले मधेशी जनतालाई काम नलाग्ने भनेर टिप्पणी गरेका छन् ।

महोत्तरीको औहरी नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार सुनिल कुमार यादवले आयोजना गरेको चुनावी सभालाई आईतवार सम्बोधन गर्दै महामन्त्री थापाले नेकपा एमालेका तत्कालिन अध्यक्ष केपी ओली नेतृत्वको प्रतिगमनकारी, संघियता, गणतन्त्र विरोधी सरकारलाई समर्थन गरेर लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले आफ्नो साख गुमाई सकेको दाबि गरे ।

 मधेशी जनताको बलिदानी र संघर्षले प्राप्त भएको संविधान र संघियतालाई समाप्त गर्न लोसपाका शिर्ष नेताहरु सत्ता र व्यक्तिगत स्वार्थको लागि केपी ओलीसँग हात मिलाएर मधेशी जनताको जनभावनासँग खेलवाड गरेको बताउँदै महामन्त्री थापाले भने,‘ छेपारो जस्तो रंङ बदल्ने नेताहरुलाई पहिचान गर्ने अवसर यहि हो । तपाईहरु सचेत भएर मतदान गर्नु होला ।’

लोसपाले मधेशी जनताको मत लिएर मधेशी जनता विरुद्ध लाग्नेसँग साँठगाठ राख्ने भएकोले आफ्ना स्वाभिमान, सम्मान, पहिचान र विकासको लागि काँग्रेस वाहेकका पार्टीलाई मतदान नगर्न उनले आग्रह गरे ।

कार्यक्रममा औहरी नगरपालिकामा मेयर पदका उम्मेदवार सुनिल कुमार यादवले मधेसवादी दलहरुले मधेस र मधेशीलाई सिढि बनाएर सत्ताप्राप्ती गर्ने बाहेक अरु केहि गर्न नसकेको आरोप लगाए । मधेसवादी दलहरु तर्फ इंगित गर्दै उम्मेदवार यादवले भने,‘ तत्कालिन जसपाले मधेशी जनताको मत लिएर पार्टीका लागि दिन रात खट्ने नेता कार्यकर्तालाई वाईपास गरि आफ्ना नातेदार, श्रीमति, सम्धी लगायतलाई सांसद बनाएका हुन् । के लोसपाका लागि मधेशी जनता मतदान गर्न र पार्टीका झण्डा बोक्नको लागि मात्रै हो ?’

‘शरदसिंह भण्डारी तर्फ संकेत गर्दै औहरीमा अल्पसंख्यक भएर पनि पछिल्लो ४० वर्षदेखि वहुसंख्यक माथि शासन गर्ने एक व्यतिmले यहाँका जनताका लागि अहिले सम्म के गरेका छन् ? त्यसको मुल्याङकन हामीले कहिले गर्ने ? त्यसकारण पछिल्लो ४० वर्षको हिसाबकिताब गर्ने अवसर यहि हो । तपाईहरु सचेत र सर्तक रहेर मतदान गर्नु होला’ उम्मेदवार यादवले भने । आफुले साढे ४ वर्षको कार्यकालमा औहरी नगरपालिकाको चौतर्फि विकास गरेको उम्मेदवार यादवले दावि गरे ।

ग्रामिण क्षेत्रको नगरपालिका भएकोले आफुले शुन्यबाट सुरु गरेर अहिले सम्वृद्धि र विकासको पथमा नगरपालिकालाई अगाडी बढाउन बलियो अधार खडा गरेको बताउदै उम्मेदवार यादवले भने,‘ एक पटक पुनः सेवा गर्ने अवसर मागिरहेको छु । तपाईहरु मेरो पछिल्लो कार्यको मुल्याङकन गरि मतदान गर्नु होला ।’

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री मेहन्द्र कुमार राय, काँग्रेसका प्रदेश सदस्य नरेन्द्र यादव, जिल्ला सचिव विरेन्द्र यादव, काँग्रेसका नेता डा. अशोक यादव, नगरसभापति योगेन्द्र यादव सहितका सभागिता रहेको थियो ।

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

सम्बन्धित खबर

Banner News

औरही नगरपालिकामा लोसपाबाट वडा नं १ मा चौधरी ४ मतले प्यानल सहित विजयी

Banner News

बर्दिबास १३ को ताजा अपडेट : एमालेको २३५ मतले अग्रता कायम

Banner News

जनकपुरका युवा अभियन्ता मिश्र पक्राउ

Banner News

बर्दिबास १३ को ताजा अपडेट : एमालेको ११७ मत सहित अग्रता

Banner News

क्षीरेश्वरनाथको ताजा मत अपडेट : एमाले र काँग्रेस बीच कडा टक्कर, एमालेले अग्रता कायम राख्दै

Banner News

क्षीरेश्वरनाथ नगरपालिका -२ को वडाध्यक्षमा नेपाली काँग्रेसका देवु यादव २९४ मतान्तरले विजयी

Load More

ताजा अपडेट

औरही नगरपालिकामा लोसपाबाट वडा नं १ मा चौधरी ४ मतले प्यानल सहित विजयी

बर्दिबास १३ को ताजा अपडेट : एमालेको २३५ मतले अग्रता कायम

जनकपुरका युवा अभियन्ता मिश्र पक्राउ

बर्दिबास १३ को ताजा अपडेट : एमालेको ११७ मत सहित अग्रता

क्षीरेश्वरनाथको ताजा मत अपडेट : एमाले र काँग्रेस बीच कडा टक्कर, एमालेले अग्रता कायम राख्दै

क्षीरेश्वरनाथ नगरपालिका -२ को वडाध्यक्षमा नेपाली काँग्रेसका देवु यादव २९४ मतान्तरले विजयी

गौशाला नगरपालिका वडा नं. २ को ताजा अपडेट : जसपाको ३८१ मतले अग्रता कायम

गौशाला नगरपालिका वडा नं. ३ को ताजा अपडेट : काँग्रेसको अग्रता कायम

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]

बिजय कुमार साह
9804840605
[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English