Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

आफ्नो पार्टीका उम्मेदवारलाई सुनियोजित रुपमा बीस खुवाईएको भन्दै नेकपा माओवादी केन्द्रका कार्यकर्ताको विरोध प्रदर्शन

mm न्युज डेस्क
२०७९ बैशाख २५, आईतवार १९:०८ बजे

जनकपुरधाम- सलार्हीको हरिवनमा आफ्नो पार्टीबाट वडाध्यक्षका उम्मेदवारलाई सुनियोजित रुपमा बीस खुवाएर मार्ने षडयन्त्र गरेको भन्दै नेकपा माओवादी केन्द्रका कार्यकर्ताको विरोध प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनको कारण हरिवन बजार तनावग्रस्त बनेको छ ।

माओवादी कार्यकर्ताले पूर्व-पश्चिम राजमार्गमा झण्डै दुईघण्टादेखि चक्काजाम सहित नाराबाजी गरिरहेका छन् । माओवादीका कार्यकर्ताले अहिले राजमार्गमा टायर बालेर नाराबाजी सहित प्रदर्शन गरिरहेका छन् ।

माओवादी कार्यकर्ताले पूर्व-पश्चिम राजमार्गमा झण्डै दुईघण्टादेखि चक्काजाम सहित नाराबाजी गरिरहेका छन् । माओवादीका कार्यकर्ताले अहिले राजमार्गमा टायर बालेर नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् ।

आइतबार दिउँसो घरदैलोको क्रममा माओवादी केन्द्रको वडाध्यक्ष पदका उम्मेदवार शेख इस्तिहार सहितका उम्मेदवारलाई घरदैलोको क्रममा विपक्षी दलका कार्यकर्ताले मिठाईमा विष मिसाएर सेवन गराएको माओवादी केन्द्रले आरोप लगाएको छ ।

घरदैलोका क्रममा स्थानीयवासीले दिएको मिठाइ खाएपछि जिल्लाको हरिवन नगरपालिकामा माओवादीका ७ उम्मेदवार बिरामी परेका छन् । षडयन्त्रपूर्वक मिठाइमा विष राखिएको माओवादीले आरोप लगाएको छ।

हरिवनमा माओवादीका मेयर उम्मेदवार कमल बुढाथोकी र वडा नं. ११ का उम्मेदवार शेख इस्तेखार सहितको टोली पूर्वनिर्धारित कार्यक्रम अनुसार आज दिउँसो हरिवन बजार नजिकको मुस्लिम टोलमा घरदैलोमा हिँडेका थिए । केही स्थानीयले उम्मेदवारहरूको टोलीलाई मिठाइ तथा कोल्ड ड्रिङ्सले स्वागत गरेका थिए ।

उक्त घरदैलोमा सहभागी माओवादीका नगर कमिटी सचिव गौरी महतोका अनुसार मेयर उम्मेदवार बुढाथोकीले भने स्वास्थ्यको कारण देखाउँदै मिठाइ खाएनन् र अलि चाँडै त्यहाँबाट हिँडे तर मिठाइ खाएको पाँच मिनेटपछि वडाध्यक्षका उम्मेदवार शेख इस्तेखार बेहोस भएर ढलेका थिए । मिठाइ खुवाउने ती स्थानीय एमाले समर्थक भएको उनको दाबी छ ।

इस्तेखारसँगै अन्य उम्मेदवारहरू पनि छटपटाउन थालेपछि सबैलाई हरिवनकै स्वाभिमान अस्पतालमा लगिएको थियो । बिरामी भएका ७ जनामध्ये ५ जनाको प्राथमिक उपचारपछि अवस्थामा सुधार भयो । तर, वडाध्यक्ष इस्तेखार सहित दुई जनाको अवस्था गम्भीर देखियो । स्वाभिमान अस्पतालले उनीहरूलाई त्यहाँ उपचार हुन नसक्ने बताएपछि वीरगन्ज लगिएको छ ।

माओवादी कार्यकर्ताले एमालेले आफ्ना उम्मेदवारलाई मार्ने षडयन्त्र गरेको आरोप लगाएको छ । एमालेका मेयर उम्मेदवार निवर्तमान मेयर गणेश प्रसाईँ र ११ नम्बर वडाका निवर्तमान वडाध्यक्ष शेख मेहबुब रेजाको योजनामा यो षडयन्त्र भएको माओवादीको आरोप छ ।

एमालेले यस घटनाका विषयमा प्रतिक्रिया दिएको छैन । एमालेका मेयर उम्मेदवार गणेश प्रसाईँ घरदैलोका क्रममा रहेकाले सम्पर्कमा आउन सकेनन् । उनी निकट स्रोतले चाहिँ एमालेको षडयन्त्रणमा घटना भएको आरोप खण्डन गरेको छ ।

‘हामीमाथि लगाइएको आरोप मिथ्या हो,’ एमाले स्रोतले भन्यो, ‘उनीहरूलाई कसले के खुवायो भन्ने हामी जिम्मा लिन सक्दैनौँ । गर्मीले बेहोस भएका पनि हुन सक्छन् ।’

सो घटनाको केहीअघि माओवादीका मेयर उम्मेदवार बुढाथोकी र तत्कालीन विप्लव माओवादीका दिवङ्गत नेता कुमार पौडेलका भाइ हरिराम पौडेलबीच लफडा भएको थियो । कुमारकी श्रीमती अहिले बाग्मती नगरपालिकामा मेयरको स्वतन्त्र उम्मेदवार छिन् । कुमारको परिवारले उनको हत्यामा माओवादीका बुढाथोकीको हात रहेको आरोप लगाउँदै आएको छ ।

आज माओवादीको घरदैलोअघि हरिवनमा भेटिएका हरिरामलाई माओवादी कार्यकर्ताले हातपात गरेका थिए । स्वयम् बुढाथोकीले पनि आफूमाथि हात छोडेको भन्दै हरिरामले फेसबुकमा स्टातस लेखेर पोस्ट गरेका छन् ।

सोही घटनालाई ढाकछोप गर्न माओवादीले विषको प्रपोगण्डा निकालेको एमालेका एक स्थानीय कार्यकर्ताले बताए।

इलाका प्रहरी कार्यालय हरिवनका इन्सपेक्टर मुकेश ताम्राकारले घरदैलोका क्रममा माओवादीका केही उम्मेदवार बिरामी भएको रिपोर्ट आएको बताए । तर, के कारण हो भने अस्पतालले औपचारिक जानकारी नगराइसकेको उनको भनाइ छ ।

‘हामीलाई आएको जानकारी अनुसार अस्पताल आउँदा दुई जना बेहोस हुनुहुन्थ्यो भने पाँच जना सामान्य बिरामी हुनुहुन्थ्यो,’ ताम्राकारले भने, ‘यस विषयमा हामी थप बुझिरहेका छौँ ।’

हरिवन बजारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका दर्जनौं सुरक्षाकर्मी खटाईएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको र अहिल्यै एकीन विवरण भन्न नसकिने जनाएको छ ।

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

सम्बन्धित खबर

Banner News

खबर दर्पण राष्ट्रिय दैनिक ५ जेष्ठ २०७९

Banner News

महोत्तरीको औरहीमा लोसपा वडा नं ३ मा ३९ मतले यादव बिजयी

Banner News

गौशाला नगरपालिका अपडेट : वडा ७ मा चौधरी बिजयी

Banner News

औरही नगरपालिका ६ मा लोसपाका बिनोद चौधरी विजयी

Banner News

बागमती नगरपालिकाको मेयरमा माओवादीका भरत थापा पुन: निर्वाचित

Banner News

सर्लाहीको लालबन्दीमा माओवादी-समाजवादीको गठबन्धन भत्काउँदै कांग्रेस विजयी

Load More

ताजा अपडेट

खबर दर्पण राष्ट्रिय दैनिक ५ जेष्ठ २०७९

महोत्तरीको औरहीमा लोसपा वडा नं ३ मा ३९ मतले यादव बिजयी

गौशाला नगरपालिका अपडेट : वडा ७ मा चौधरी बिजयी

औरही नगरपालिका ६ मा लोसपाका बिनोद चौधरी विजयी

बागमती नगरपालिकाको मेयरमा माओवादीका भरत थापा पुन: निर्वाचित

सर्लाहीको लालबन्दीमा माओवादी-समाजवादीको गठबन्धन भत्काउँदै कांग्रेस विजयी

स्थानीय तह निर्वाचनको क्रममा मधेश प्रदेशमा धाँधली भयो : एमालेका प्रदेश इन्चार्ज महासेठ

धनुषाको वटेश्वर गापामा कांग्रेसले एमालेलाई क्लिन स्वीप गरे

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]

बिजय कुमार साह
9804840605
[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English