गौशाला । बदर मत कम गर्ने उद्देश्यले महोत्तरीको गौशालामा नमुना मतदान गरिएको छ ।
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा बदर मत कम गर्नेे उद्देश्यले आईतबार नमुना मतदान गराईएकाेछ ।
विगतका निर्वाचनमा जस्तो यसपटक मतदाता शिक्षा कार्यक्रम पनि नभएकाले नागरिकमा मतदानप्रति सचेतना ल्याउन नमुना मतदान गराइएको समग्र विकास सेवा केन्द्रको कार्यकारी निर्देशक प्रेम ढुङ्गेलले बताए।
नमुना मतदानमा १०७ जना सहभागी भएका थिए । जसमा १९ मत बदर भएको थियो ।

गौशाला नगरपालिका वडा नम्बर १० को कुट्टि(रामजानकी) टोलमा गरिएको नमुना मतदानमा महिला, पुरुष, अशक्त र बृद्धवृद्धाको लाइन मिलाउने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनाव चिह्नमा मत दिन सिकाइएको थियो ।


मत बदर नहुने गरी मतपत्र पट्याउन पनि सिकाइएको थियो ।
कार्यक्रममा समग्र विकास सेवा केन्द्रको कार्यकारी निर्देशक प्रेम ढुङ्गेल, जिल्ला संयोजक शत्रुधन महरा, उत्प्रेरक ईन्दल राम, सञ्चारकर्मी र स्थानीयको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस् !