काठमाडौ – स्थानीय तहको निर्वाचन हुने दिन सरकारले सार्वजनिक विदा दिएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख ३० गते शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
त्यस दिन नेपाल राज्यभरिका सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा विदा दिइएको पोखरेलले बताए ।

शुक्रवार देशभर एक चरणमै स्थानीय तहको निर्वाचन हुँदै छ ।


प्रतिक्रिया दिनुहोस् !