Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

उम्मेदवार ज्यूहरुलाई विजयोन्मूख यात्राको लागि हार्दिक “शुभकामना”

इन्दिरा बस्नेत "मिश्रा" इन्दिरा बस्नेत "मिश्रा"
२०७९ बैशाख २८, बुधबार १६:४९ बजे

समय शुभकामना दिने आएको छ । हरेक चुनावको खास उद्देश्य छ । अहिलेको स्थानिय तहको चुनाव पाँच वर्ष पछि आएको दोश्रो चुनाव हो। इो चुनाव पनि कुनै विशेष चाड पर्व भन्दा कम छैन ।एक पटक लामो समय सम्मा भेट हुन नसकेका व्यक्ति , परिवार र आफन्त बिच एक आपसमा भेटघाट गराउँन महत्वपूर्ण भूमिका खेल्दछ । बर्ष भरिमा परिवार, समाज, देशभित्र रहने नेपाली नेपाली बीच विभन्न कारणले मनमुटाव, बैमनस्यता र वितृष्णा जाग्दो रहेछ । त्यसलाई समय समयमा घटाउन वा हटाउन नसके त्यसले कुटपिट, उजुर बाजुर, हातपात, मुद्दा मामला र युद्धको रुप लिदो रहेछ ।

हामीले गौर गरेर हेर्‍यौं भने शक्ति प्राप्त गर्ने दौड, सम्पति कमाउने होडबाजी, इष्र्या र घमण्डको चुरीफुरी, तथा अन्य व्यक्तिबाट आफ्नो जिवनमा पारीएको प्रभावको विरोधका कारणलेनै झै झगडा र बैमनस्यता हुदो रहेछ । भरखर जन्मेको बच्चाको कुनैसंग दुस्मनि छैन । उसले कसैको केही विगारेको पनि छैन तर त्यस बच्चा जन्मेका कारण कसैलाई सम्पति प्राप्तिमा बाधा परेको छ वा त्यो बच्चा नाजायज हो भन्ने कसैलाई दिमागमा परेको छ वा गरिबीका कारण कसैले त्यस बच्चालाई म पाल्न सक्दिन भन्ने परेको छ भने त्यस अबोध बच्चाको हत्या पनि हुन सक्दो रहेछ । यस बाट के बुझिन्छ भने मानिसले कसैलाई जानि नजानि कुनै क्षति नपुर्‍याएको भए पनि यो समाजमा दुस्मन बन्न सक्दो रहेछ । चाड पर्वले यस्ता दुस्मनि र बेमेललाई मेल तथा मित्रतामा बदल्न सक्दछ तर चुनावले चाहि झन उक अर्का प्रति हेर्ने दृष्टिकोण र बुझने सोचलाई झन आक्रोशित र उच्छृंकल गतिविधी गर्न तिर शक्ति केन्द्रीत हुने रहेछ । मैले आफु स्वयमले पनि यो कुरा भोग्दै छु ।

मानौं दुई पक्ष बीच कुनै कुरामा विवाद छ जस्का कारणले दुस्मनि जन्मियो । यस्तो अवस्थामा सम्बन्ध राम्रो बनाउन तिन वटा क्रियाकलाप गर्नु पर्दछ भनि महान दार्शनिक ओशोले भन्नु भएको छ । वहाँको अनुसार दुस्मनिलाई मित्रतामा बदल्न सबै भन्दा पहिला दुई पक्ष विच बोलचाल र विचार आदान प्रदान कार्य बढाउनु पर्दछ । जति धेरै कुरा गरिन्छ त्यति धेरै मित्रता बढ्छ । हामीले कुनै बहुत मित्रता रहेको कुनै साथीहरुको बिचमा सम्बन्ध हेर्‍यौं भने वहाँहरु विच खुब कुराकानी हुन्छ । त्यसैले यदि सम्बन्ध विस्तार गर्ने हो भने कुरा कानी बढाउन जरुरी छ । यस्ता संचार हामी टेलिफोन, चिट्ठि, इमेल, फेसबुक, वा भेटेर गर्न सक्छौं ।

दोस्रो सम्बन्ध विस्तारका लागि एक अर्कालाई माया तथा सम्मान प्रदान हुनुपदर्छ । सन्चो विसन्चो सोध्नु, भेटघाट गर्नु, उपहार आदि पठाउनु, जन्म दिन आदिमा शुभकामना दिनु, खाना बोलाउनु, खान जानु, मर्दा पर्दा साथ दिनु माया अन्तर्गतका कुराहरु हुन । सम्बन्ध विस्तारका लागि यो कुरा बहुत जरुरी छ ।

यसै गरी तेस्रो र महत्वपूर्ण कुरा हो दुई पक्ष बीच भएको सहमतिलाई पालना गर्नु । यसलाई अंग्रेजिमा Reality भनिन्छ । यसको अर्थ हो संसारमा केही कुराहरु यथार्थ हुन । नागरिकले संविधान, कानुन पालना गर्नुपर्छ । समाज बस्नेले सामाजिक परम्परा र मर्यादाको पालना गर्नुपर्दछ । संगठन या कार्यालयमा काम गर्नेले त्यहाँको नियम कानुन, निर्देशनको पालना गर्नुपर्छ । घरमा बस्न चहानेले घरको नियम पालना गर्नुपर्छ ।राजनीति गर्ने राजनीतिकताृ वा नेताहरुले पनि आ आफनो दर्शन, सिदान्त,विधी विधानर निती नियमलाई पालना गर्नु पर्दछ । दुई पक्ष जसले मित्रता चाहेको छ उनिहरु विचमा एक अर्कासंग केही अपेक्षाहरु हुन्छन् ।

यदि त्यो अपेक्षाको उल्टो काम भयो भने सम्बन्धका वा मतदाताहरु संग मतका जति कुरा गर ेपनि जति भोटको लागि जत्ति ने झुके पनि त्यहाँ सदभाव हुन सक्दैन । उदाहरणको लागि एउटी आमाले आफनी छोरीलाई खराब साथी नभेट भनि सल्लाहा दिनुभयो । त्यसलाई छोरीले हुन्छ भनि बचन दिईन र आम छोरी विचमा एउटा सम्झौता भयो खराब साथी नभेटने । तर छोरीले सम्झौता विपरित काम गर्ने वित्तिकै त्यहाँआमा छोरीको मित्रता रहदैन । साथीको कारणले झगडा परिहाल्छ ।

आज नेपालमा पहिलाको जस्तो मेलमिलाप छैन । पार्टी भित्र गुटबन्दि छ । कार्यकर्ताहरु निरुत्साहीत छन् । समाज चिरिएको छ । परिवार विखण्डित हुदैछन । एक अर्का प्रतिको सम्मान क्रमश घट्दैछ । पहिले जस्तो नेपाली नेपाली बीच माया दाया प्रेम र सदभाव पनि छैन । यसमा सुधार ल्याउनु छ । यसमा सुधार ल्याउने भनेको नेपाली नेपाली बीच सम्बाद, माया र एक दोस्रो विच गरिएको बाचा बन्धन एकता र सहकार्यलाई इमान्दारिता पूर्वक निभाउनु नै हो । यो स्थानिय तहको चुनाव पनि कमसेकम हामी एक अर्का विच माया गर्ने, सम्वाद गर्ने र बाचा बन्धन निभाउने मौका पाउने खालको होसन् तर विडम्बना नै भन्छु त्यस्तो नहुदो रहेछ । चुनावलाई लक्ष्ति गर्दै फलानो पार्टी र ढिस्कनो पार्टी भन्दै एक आपासमा मारपिट गर्ने खालको हुन्छ ।यो दुःखद कुरा हो ।

हामी जुन जुन पार्टीमा आवद्ध भएका भए पनि उउटै समाजका नागरिक हौ. ।यो कुरा पनि नभुलौं । हामी हाम्रो समाजलाई स्थाई बनाएर सदस्य भएका छौं ।यही स्थाई समाजमा रहेका स्थाई बसोबास गर्ने नागरिकलाई सेवा गर्ने र समाजलाई सुरक्षित गर्न र गराउन नै विधी र कानुनी प्रक्रिया पूरा गर्न जनपूतिनीधिको रुपमा उमेदवार छानेका छौं । त्यो समाजमा नागरिकको साझा कर्तव्य र दायित्व हो ।यही दायित्व पुरा गराउने स्थनिय तहको चुनाव एक अवसर हो ।

यो अवसरको कोही कसैले पनि दुरुपयोग नगरी समाजको श्रीवृद्धि गराउन यही बैशाख ३० गते असल व्यक्ति वा टिमलाई छानी हाम्रो समाजलाई शान्त वातावरण,डर त्रास भय र अनैतिका कार्य हुनबाट रोक्ने जिम्मा लगाऔं । आफनो आफनो समाजलाई विकास गर्ने विभिन्न खालका घोषणा पत्र ,प्रतिवद्धता पत्र र संकल्प पत्र सार्वजानिक गरी विजयीको बाटोमा उभिनु भएका तपाई सम्पूर्ण पालिकाका उम्मेदवार ज्यूहरुलाई विजयोन्मूख यात्राको लागि हार्दिक “ शुभकामना” छ ।

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

इन्दिरा बस्नेत "मिश्रा"

सम्बन्धित खबर

Banner News

महोत्तरीको औरहीमा लोसपा वडा नं ३ मा ३९ मतले यादव बिजयी

Banner News

गौशाला नगरपालिका अपडेट : वडा ७ मा चौधरी बिजयी

Banner News

औरही नगरपालिका ६ मा लोसपाका बिनोद चौधरी विजयी

Banner News

बागमती नगरपालिकाको मेयरमा माओवादीका भरत थापा पुन: निर्वाचित

Banner News

सर्लाहीको लालबन्दीमा माओवादी-समाजवादीको गठबन्धन भत्काउँदै कांग्रेस विजयी

Banner News

स्थानीय तह निर्वाचनको क्रममा मधेश प्रदेशमा धाँधली भयो : एमालेका प्रदेश इन्चार्ज महासेठ

Load More

ताजा अपडेट

महोत्तरीको औरहीमा लोसपा वडा नं ३ मा ३९ मतले यादव बिजयी

गौशाला नगरपालिका अपडेट : वडा ७ मा चौधरी बिजयी

औरही नगरपालिका ६ मा लोसपाका बिनोद चौधरी विजयी

बागमती नगरपालिकाको मेयरमा माओवादीका भरत थापा पुन: निर्वाचित

सर्लाहीको लालबन्दीमा माओवादी-समाजवादीको गठबन्धन भत्काउँदै कांग्रेस विजयी

स्थानीय तह निर्वाचनको क्रममा मधेश प्रदेशमा धाँधली भयो : एमालेका प्रदेश इन्चार्ज महासेठ

धनुषाको वटेश्वर गापामा कांग्रेसले एमालेलाई क्लिन स्वीप गरे

गौशाला नगरपालिका अपडेट : वडा ७ मा जसपाको आग्रता कायम

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]om

बिजय कुमार साह
9804840605
[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English