Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

मौन अवधिको पहिलो दिन : २७ सञ्चारमाध्यमलाई कारबाही, २५ पत्रकारलाई ध्यानाकर्षण

mm न्युज डेस्क
२०७९ बैशाख २९, बिहीबार ०६:१३ बजे

प्रेस काउन्सिल नेपालले स्थानीय तह निर्वाचनको मौन अवधिको पहिलो दिन २७ सञ्चार माध्यमलाई कारबाही गरेको छ । काउन्सिलले निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गरेका ती सञ्चारमाध्यमलाई क्षमायाचनासहित भुलसुधार गर्न निर्देशन दिएको हो । कारबाही गरिएकामध्ये मूलधारका १७ सञ्चार माध्यमले तत्काल क्षमायाचनासहित सम्प्रेषित सामग्री सच्याएका छन् । यस्तै मौन अवधिको २४ घण्टाभित्रै काउन्सिलले २५ जना पत्रकारलाई सामाजिक सञ्जालमा राखिएका सामग्रीप्रति ध्यानाकर्षण गराएको छ ।

फोनमार्फत ध्यानाकर्षण गराइएका पत्रकारमध्ये २० जनाले तत्काल भूलसुधार गरी सामग्री हटाएको पाइएको काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए । उनका अनुसार ५ जना पत्रकारले कुनै प्रतिक्रिया दिएका छैनन् ।

गएराति १२ बजेदेखि हालसम्म १३ वटा अनलाइन सञ्चारमाध्यम, ५ वटा पत्रिका, ४ वटा टेलिभिजन र ३ वटा रेडियोबाट सम्प्रेषित सामग्री निर्वाचन आचारसंहिता विपरित देखिएपछि पत्र काटेर हटाउन, सच्याउन र रेडियो तथा टेलिभिजनको हकमा तत्काल रोक्न निर्देशन दिएको काउन्सिलले जनाएको छ ।

यसैबीच मौन अवधिमा १० ओटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दुरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ । दर्ता नभएका तथा पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता विपरित सामग्री सम्प्रेषण गरेका वेबपोर्टललाई यस्तो कारबाही गरिएको बोहराले बताए ।

निर्वाचन आचारसंहिता लागु भएको मितिबाट निरन्तर सञ्चारमाध्यमका सामग्री र पत्रकारका पोष्टहरूमा अनुगमन गरिरहेको काउन्सिलले मौन अवधिमा २४ सै घण्टा निगरानी बढाएको जनाएको छ । सूचना अधिकारी बोहराले निर्वाचनको अन्तिम घण्टा अति संवेदनशील हुने भन्दै सर्तक हुन र आचारसंहिता विपरितका सामग्री सम्प्रेषण नगर्न सञ्चार माध्यम र पत्रकारलाई आग्रह गरे । उनले मौन अवधिमा सम्प्रेषित सामग्रीहरूमा निर्वाचन आचारसंहिता, २०७८ को दफा २२ को ९झ० र ९ञ० प्रतिकूलका सामग्री सम्प्रेषण भएको जानकारी दिए ।

दफा २२ को ९झ०मा मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा माध्यम वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचार प्रसारका सामग्री पोष्ट, सेयर गर्न, कमेन्ट प्रतिकमेण्ट गर्न, समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्था छ । यस्तै दफा २२ कै ९ञ० मा मौन अवधिमा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा विज्ञापन, टक सो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तरजस्ता कार्यक्रम गर्न नहुने उल्लेख छ । स्रोत : रातोपाटी

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

सम्बन्धित खबर

Banner News

महोत्तरीको औरहीमा लोसपा वडा नं ३ मा ३९ मतले यादव बिजयी

Banner News

गौशाला नगरपालिका अपडेट : वडा ७ मा चौधरी बिजयी

Banner News

औरही नगरपालिका ६ मा लोसपाका बिनोद चौधरी विजयी

Banner News

बागमती नगरपालिकाको मेयरमा माओवादीका भरत थापा पुन: निर्वाचित

Banner News

सर्लाहीको लालबन्दीमा माओवादी-समाजवादीको गठबन्धन भत्काउँदै कांग्रेस विजयी

Banner News

स्थानीय तह निर्वाचनको क्रममा मधेश प्रदेशमा धाँधली भयो : एमालेका प्रदेश इन्चार्ज महासेठ

Load More

ताजा अपडेट

महोत्तरीको औरहीमा लोसपा वडा नं ३ मा ३९ मतले यादव बिजयी

गौशाला नगरपालिका अपडेट : वडा ७ मा चौधरी बिजयी

औरही नगरपालिका ६ मा लोसपाका बिनोद चौधरी विजयी

बागमती नगरपालिकाको मेयरमा माओवादीका भरत थापा पुन: निर्वाचित

सर्लाहीको लालबन्दीमा माओवादी-समाजवादीको गठबन्धन भत्काउँदै कांग्रेस विजयी

स्थानीय तह निर्वाचनको क्रममा मधेश प्रदेशमा धाँधली भयो : एमालेका प्रदेश इन्चार्ज महासेठ

धनुषाको वटेश्वर गापामा कांग्रेसले एमालेलाई क्लिन स्वीप गरे

गौशाला नगरपालिका अपडेट : वडा ७ मा जसपाको आग्रता कायम

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]

बिजय कुमार साह
9804840605
[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English