Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

निर्वाचनमा यसरी खटिंदैछन् साढे २ लाख सुरक्षाकर्मी

mm न्युज डेस्क
२०७९ बैशाख ३०, शुक्रबार ०७:०६ बजे

काठमाडौं । शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यवस्थापनका लागि दुई लाख ६५ हजार सुरक्षाकर्मी खटिएका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट साढे दुई लाख भन्दा बढी सुरक्षाकर्मी निर्वाचन सुरक्षामा खटाइएका हुन् ।

गृह मन्त्रालयका अनुसार नेपाली सेनाबाट ७१ हजार ५ सय, नेपाल प्रहरीबाट ६२ हजार, सशस्त्र प्रहरी बलबाट ३२ हजार र राष्ट्रिय अनुसन्धान विभागबाट दुई हजार कर्मचारी निर्वाचन सुरक्षाका लागि कार्यक्षेत्रमा पठाइएका छन् । निर्वाचन सुरक्षाका लागि भनेर भर्ना गरिएका एक लाख म्यादी प्रहरी पनि निर्वाचन सुरक्षार्थ खटिएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलका अनुसार स्थानीय तह एकीकृत सुरक्षा योजना-२०७८ अनुसार चारवटै सुरक्षा निकायलाई परिचालन गरिएको छ । मन्त्रालयले मतदान स्थललाई तीन तहमा वर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाएको छ ।

मन्त्रालयले देशभरका १० हजार ७५६ मतदान केन्द्रमध्ये २ हजार ९४६ वटालाई अति संवेदनशील मानेको छ भने ४ हजार ४२३ वटा संवेदनशील र ३ हजार ३७८ वटा सामान्य छन् । ‘सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षाकर्मी खटाएका छौं,’ प्रवक्ता पोखरेल भन्छन्, ‘यद्यपि संवेदनशीलताका आधारमा सुरक्षाकर्मीको परिचालन जुनसुकै बेला पनि थपघट हुनसक्छ ।’

मन्त्रालयको रिपोर्ट अनुसार सबैभन्दा बढी अति संवेदनशील मतदान केन्द्र मधेश प्रदेशमा छन् । मधेशपछि लुम्बिनी, सुदूरपश्चिम र प्रदेश-१ लाई चुनौतिपूर्ण मानिएको छ ।

‘मतदान केन्द्रहरुको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी बल र तेस्रोमा नेपाली सेना खटिने गरी तयारी पूरा भएको छ,’ पोखरेलले भने, ‘राष्ट्रिय अनुसन्धान विभागले निगरानी र सूचना संकलनको काम गर्छ ।’

चार वटै सुरक्षा निकायलाई चुनावमा परिचालन गर्न मन्त्रालयले गृह सचिव टेकनारायण पाण्डेको नेतृत्वमा केन्द्रीय सुरक्षा समिति बनाएको छ । समितिमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकारी पनि सदस्य छन् । उनीहरुले आवश्यकता अनुसार देशभरका सुरक्षाकर्मीलाई निर्देशन दिनेछन् ।

यसरी परिचालन हुनेछन् प्रहरी

नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीका अनुसार मतदान केन्द्रको सुरक्षाका संवेदनशीलताका आधारमा पहिलो घेरामा ८ देखि ११ जना सुरक्षाकर्मीलाई परिचालन गरिएको छ ।

मतपेटिकाको सुरक्षासँगै प्रहरीले आफ्नो नेतृत्वमा म्यादी प्रहरीलाई पनि खटाउने छ । ‘प्रहरीलाई प्राप्त मुख्य जिम्मेवारी नै मतपेटिकाको सुरक्षा हो, यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ,’ केसीले भने, ‘मतदान स्थलमा खटिने निर्वाचनसँग सम्वद्ध कर्मचारीको सुरक्षा, जिल्लास्थित जिल्ला निर्वाचन कार्यालयको सुरक्षा, मतदान स्थलमा रहने मतदान अधिकृतहरुको सुरक्षा लगायतका काममा पनि हाम्रो टोली खटिनेछ ।’

उनका अनुसार मतदानपश्चात् मत पेटिकाको ढुवानी र सुरक्षा, जित्ने र हार्ने पक्ष दुवै पक्षका उम्मेदवारको सुरक्षाका लागि पनि प्रहरीले आन्तरिक तयारी पूरा गरेको छ । ‘निर्वाचनलाई भयरहीत, स्वतन्त्र र निष्पक्ष गराउन विभिन्न किसिमका प्रविधिको प्रयोग गरेर काम गर्छौं,’ उनले भने ।

एकीकृत सुरक्षा योजनाले निर्वाचनको समयमा ड्रोन प्रयोग गरेर खबर संकलन तथा निगरानी गर्ने जिम्मेवारी पनि नेपाल प्रहरीलाई दिएको छ ।

निर्वाचनको समयमा शान्ति, सुरक्षा कायम गर्ने र सम्भावित उछृंखल गतिविधिलाई पनि पहिचान गरेर सुरक्षा व्यवस्था मिलाउने जिम्मा पनि प्रहरीलाई छ । सीमा नाका तथा शंकास्पद स्थानमा चेकजाँच, सुक्ष्म निगरानी र गस्ती गर्ने जिम्मेवारी पनि प्रहरीलाई दिइएको छ ।

१११ स्थानमा सशस्त्रको रिजर्भ फोर्स

दोस्रो घेरामा सशस्त्र प्रहरी बलका टोली खटिने छन् भने बाहिर नेपाली सेनाको टोली हुनेछ । सशस्त्र प्रहरीका प्रवक्ता विदुर खड्काका अनुसार सशस्त्र प्रहरीको ३२ हजार जनशक्ति अहिले निर्वाचनमा पूर्णरुपमा परिचालित भइसकेको छ ।

‘अहिले मोबाइल गस्ती, स्ट्राइकिङ र पैदल गस्तीमा पनि सशस्त्र प्रहरीको टोली खटिएको छ,’ सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) खड्काले भने, ‘हरेक स्थानीय तहमा सशस्त्र प्रहरीको टोली परिचालन भएको छ ।’

उनका अनुसार सशस्त्र प्रहरी मतदान स्थलको दोस्रो घेराबाहेक निर्वाचन मतपत्र, मतपेटिका र निर्वाचन सामग्रीको ढुवानीमा पनि खटिएको छ ।

‘संवेदनशीलताका आधारमा आकस्मिक अवस्थामा जुनसुकै बेला परिचालन गर्न सक्ने गरी १११ स्थानमा रिजर्भ फोर्स पनि तैनाथ गरेका छौं,’ खड्का भन्छन्, ‘ती टोली आवश्यकता अनुसार जुनसुकै बेला पनि खटिन्छन् ।’

हरेक मतदान केन्द्रमा ३० मिनेटभित्र सेना पुगिसक्ने व्यवस्था

मतदान स्थलबाहिर नेपाली सेनाको टोली रहनेछ । सैनिक प्रवक्ता नारायण सिलवालका अनुसार विकट स्थानमा मतपत्र, मतपेटिका र निर्वाचन सामग्री ढुवानीको काम पनि सेनाले गरिरहेको छ ।

प्रवक्ता सिलवालका अनुसार सेनाले एक महिना अघिबाटै नियमित पेट्रोलिङ पनि गरिरहेको छ ।

निर्वाचनको समयमा गरिने आपतकालीन उद्धारमा जनशक्ति र सामग्री परिचालनका लागि हेलिकप्टर परिचालन गर्न पनि तैनाथ अवस्थामा राखिएको सिलवालले बताए । ‘हरेक मतदान केन्द्रमा ३० मिनेटभित्र पुगिसक्ने गरी उपत्यकाबाहेक पूर्वी कमाण्डमा इटहरी, मध्य कमाण्डमा पोखरा र पश्चिम कमाण्डमा सुर्खेतमा हेलिकोप्टरसहितको टोली तैनाथ गरेका छौं,’ उनले भने, ‘कतिपय स्थानमा निर्वाचन सामग्री ढुवानीका लागि पनि सेना परिचालन भएको छ ।’

निर्वाचनको समयमा विष्फोटक पदार्थ पनि भेटिन सक्ने भएकाले बम डिस्पोजल टोलीलाई पनि तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ । मतदानको समयमा चाहिं मतदान केन्द्रबाट नजिकै सेनाको फौज तैनाथ रहेछ । स्थिति तनावग्रस्त बनेको अवस्थामा परिचालन गर्ने गरी ती टोली राखिनेछन् । सेनाले आवश्यकता अनुसार हवाई गस्ती पनि गर्ने प्रवक्ता सिलवालले बताए ।

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

सम्बन्धित खबर

Banner News

धनुषाको गणेशमान चारनाथ नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी

Banner News

धनुषाको हंसपुर नगरपालिकाको मेयर र उपमेयरमा काँग्रेस विजयी

Banner News

धनुषाको मिथिला विहारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा माओवादी विजयी

Banner News

राजेन्द्र महतोका भाई महेन्द्र महतो हार्ने भाकल पूरा भएपछि पासवानले गराए मुण्डन

Banner News

महोत्तरी : उम्मेदवार जसले आफैलाई मत दिएनन

अन्तराष्ट्रिय

पत्रकारलाई गोली हानी हत्या

Load More

ताजा अपडेट

धनुषाको गणेशमान चारनाथ नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी

धनुषाको हंसपुर नगरपालिकाको मेयर र उपमेयरमा काँग्रेस विजयी

धनुषाको मिथिला विहारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा माओवादी विजयी

राजेन्द्र महतोका भाई महेन्द्र महतो हार्ने भाकल पूरा भएपछि पासवानले गराए मुण्डन

महोत्तरी : उम्मेदवार जसले आफैलाई मत दिएनन

पत्रकारलाई गोली हानी हत्या

महोत्तरीको गौशालाको मेयर र उपमेयरमा जसपा विजयी

क्षीरेश्वरनाथकाे जारि मतगणनामा २ वटा मतपेटिकाकाे सिल टुटेको भेटिए, पत्रकारकाे टाेलीलाई प्रवेश निषेध

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]

बिजय कुमार साह
9804840605
[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English