सर्लाही । सर्लाहीको कौडेना गाउँपालिकामा राजनैतिक दलका नेता कार्यकर्ताबीच पटक–पटक झडप भएपछि एक मतदानस्थल नेपाली सेनाले नियन्त्रणमा लिएको छ ।
कौडेना गाउँपालिका–६, श्री जनता आधारभूत मतदान स्थलमा बिहानदेखि पटक–पटक झडप भएपछि केहीबेर अघिमात्र घटनास्थल नेपाली सेनाले नियन्त्रणमा लिएको हो । मतदान स्थलमा तत्काल आईपुगेको सेनाको टोलीले फायर नगरेपनि हतियार तेर्स्याएपछि स्थिती तत्काल शान्तिपूर्ण बनेको स्थानीय स्थानीय निरज यादवले जानकारी दिए ।
कांग्रेस, लोसपा र जसपाका कार्यकर्ताबीच विवाद हुँदा झण्डै १ घण्टा अवरुद्ध भएको मतदान कार्य केहीबेर अगाडीबाट सूचारु भएको थियो । मतदान सुचारु भएको केहीबेर पछि पुन: झडप भएको र सेनाको टोलीले घटनास्थल नियन्त्रणमा लिएको बताईएको छ ।



प्रतिक्रिया दिनुहोस् !