धनुषा- धनुषामा ६६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचन कार्यालयका अनुसार धनुषामा ५९६ मतदान केन्द्र रहेकोमा कूल ४ लाख ९ हजार ९८५ मतदाता रहेकोमा २ लाख ७० हजार ५९० भन्दा बढी मत खसेको प्रारम्भिक अनुमान रहेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो ।
धनुषामा छिटफुट घटना बाहेक सामान्य रुपमा शन्तिपूणर् मतदान सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

मतदानको समयमा दिउँसो भएको वर्षाको कारण करिब एक डेढ घण्टा जति सबै मतदान स्थलमा मतदान अवरुध भएको थियो भने वर्षा रोकिएपछि पुनः मतदान गरिएको थियो ।


यहाँ मतदाताहरुको उत्साहजनक रुपमा मतदानमा सहभागिता जनाएका थिए । मुख्य निर्वाचन अधिकृत प्याकुरेलले आजै राति करिव १०/११ बजेदेखि मतगणना गर्ने तयारी रहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘राति १०/११ बजेबाट मतगणना सुरू गर्ने तयारी गरेका छौं । छिटोमा राति १० बजेदेखि र ढिलोमा १२ बजेदेखि मतगणना सुरू हुन्छ ।’
मुख्य निर्वाचन अधिकृत प्याकुरेलले वर्षाको कारण साँझ ५ बजे भित्र मतदान स्थलको मुख्य गेट भित्र प्रवेश गरिसकेका मतदाताहरुलाई ढिला भए सम्म पनि मतदान गर्न दिइएको जनाउनुभयो।
उहाँले अहिले सबै मतदान स्थलको सबै केन्द्रमा मतदान सम्पन्न भई सकेको र कागजपत्र मिलाउँदा मिलाउँदै ३/४ घण्टासम्म लाग्ने र त्यसपछि सबै मतपेटिकाहरू मतगणना हुने केन्द्रसम्म आएको १/२ घण्टापछि मतगणना प्रारम्भ हुने जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस् !