बिबेक कुमार महतो, गौशाला । महोत्तरीको गौशाला नगरपालिकामा मतगणनाका लागि बसेको सर्वदलीयबाट ११ बजे देखि मतगणन गर्ने निर्णय गरेको छ ।
स्वतत्र उम्मेदवारकोहकमा ५ जना प्रतिनिधि २ घण्टा सम्म वस्ने व्यवस्था गरिएको छ भने राजनितिक दलबाट एक जनालाई राख्न सर्वसहमति निर्णय भएको निर्वाचन अधिकृत मदन प्रसाद जसवालले जानकारी दिए ।
गौशाला नगरपालिकामा पुरुष १४ हजार ५ सय ३९ र महिला १३ हजार ८ सय ३३ गरी जम्मा २८ हजार ३ सय ७२ मत खसेको छ । नगरपालिकामा पुरुष २० हजार ८ सय ३१ र महिला १६ हजार ८ सय ८५ गरी कूल मतदाता ३७ हजार ७ सय १६ रहेको छ ।



प्रतिक्रिया दिनुहोस् !