धनुषा। धनुषाको बटेश्वर गाउँपालिका वडा नं. १ मा काँग्रेस प्यानलसहित विजयी भएको छ । वडा ध्यक्षमा काँग्रेसका अशोक कुमार महतो ५५२ मत ल्याएर विजयी भएका हुन् ।
उनी काँग्रेसबाट प्यानलसहित विजयी भएका छन् । उनका निकटतमप्रतिद्वन्दी नेकपा एककीकृत समाजवादीका रामअशिष महतोले ३९० मत मात्र ल्याउन सफल भए ।
तेश्रोमा नेकपा एमालेका उमेश महतोले ३७० र माओवादी केन्द्रका प्रमेश्वर महतोले ३३१ मतमा सिमित भए । यसअघि पनि २०७४ को निर्वाचनमा यस वडामा काँग्रेसबाट शैलेन्द्र कुमार महतो विजयी भएका थिए ।



प्रतिक्रिया दिनुहोस् !