सर्लाही । बलरा नगरपालिका वडा नम्बर १० का नेपाली कांग्रेसका उम्मेदवार प्रभाकर सिंह राजपुतलाई मतपत्र च्यातेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
वडामा माओवादीको जनमत बढी देखिएर आफनो हार निश्चित देखिएपछी हिजो राति २ बजेतिर आफनै हातले मतपत्र च्यातेपछि प्रहरीले पक्राउ गरेको हो।
माओवादी केन्द्र का ४ वटा मतपत्र च्यातेपछि पक्राउ गरेर जिल्ला प्रहरी कार्यलय ल्याईराखेको जिल्ला प्रहरी कार्यलय, सर्लाही का प्रवक्ता माधव प्रसाद बुढाथोकी ले जानकारी दिए ।

आज बिहानै माओवादीका उम्मेदवार दिनेश कुशवाहा विजयी भएको हो । माओवादी केन्द्रका कुशवाहा आफनो प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रभावकर सिंह भन्दा ८० मत अन्तरले विजयी भएको हो ।


माओवादी केन्द्रका उम्मेदवार ६६८ र प्रतिद्वन्दी नेकाका उम्मेदवारले ५८८ मत प्राप्त गरेको मोओवादी केन्द्र का केन्द्रिय सदस्य श्रीचन यादव सुजन ले जानकारी दिए ।
बलरा नपाका २ वटा वडा १० र ११ मा माओवादी केन्द्रले विजय हासिल गरेका हुन। बलरा नपा ११ नम्बर वडामा लोसपाका निवर्तमान वडाध्यक्ष केदार सिंहलाई पराजित गर्दै नेकपा माउवादी केन्द्रका वडाध्यक्ष सुखलाल सहनी विजयी सुरुवात गरेका थिए ।
सुखलाल सहनी आफनो प्रतिद्वन्दी लोसपाका उम्मेदवार केदार सिंह लाई १९८ मत अन्तरले पछि पार्दै विजयी भएको थियो ।
माओवादी केन्द्रका सुखलाल सहनी ५१८ र लोसपाका प्रतिद्वन्दी केदार सिंह ३२० मत प्राप्त गरेका थिए । भने वार्ड न।१ मा नेपाली काग्रेसले विजय हासिल गरेको हो।
प्रतिक्रिया दिनुहोस् !