गौशाला । महोत्तरीको गौशाला नगरपालिकामा पछिल्लो मतपरिणाम अनुसार जनता समाजवादी पार्टी नेपालले ८२ मतले अग्रता कायम राखेको छ ।
अहिलेसम्म भएको मतगणना अनुसार मेयर र उपमेयर दुबै पदमा जसपाका उम्मेदवार अगाडि रहेका छन् ।
कुल १ हजार ६ सय ८९ मतको गणना हुँदा जनता समाजवादी नेपालका डा. दिपेन्द्र महतोले ४६१, नेकपा माओवादीका विष्णु बहादुर योञ्जनले ३७९ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका देवनारायण महतोले २७९ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा जसपाकी पिंकी कुमारी साह ४६६, नेकपा माओवादी केन्द्रकी जनक दुलारी साहले ३६४ र लोसपाकी लाल कुमारी लामाले ३२० मत ल्याएका छन् ।


यस्तै, वडाध्यक्षमा जसपाले ३७९ , नेकपा माओवादी केन्द्रले ३६३ र लोसपाले ३३१ मत ल्याएका छन् ।
मतगणना अहिलेपनि जारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस् !