गौशाला । महोत्तरीको गौशाला नगरपालिकामा पछिल्लो मतपरिणाम अनुसार जनता समाजवादी पार्टी नेपालले १०५ मतले अग्रता कायम राखेको छ ।
अहिलेसम्म भएको मतगणना अनुसार मेयर र उपमेयर दुबै पदमा जसपाका उम्मेदवार अगाडि रहेका छन् ।
कुल २ हजार १ सय ९० मतको गणना हुँदा जनता समाजवादी नेपालका डा. दिपेन्द्र महतोले ५६८, नेकपा माओवादीका विष्णु बहादुर योञ्जनले ४६३, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका देवनारायण महतोले ३३८, नेपाली काँग्रेसले २३४ र नेकपा एमालेले ३०५ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा जसपाकी पिंकी कुमारी साह ५७५, नेकपा माओवादी केन्द्रकी जनक दुलारी साहले ४४७ र लोसपाकी लाल कुमारी लामाले ३८७ मत ल्याएका छन् ।


यस्तै, वडाध्यक्षमा जसपाले ५०६ , नेकपा माओवादी केन्द्रले ४४४, लोसपाले ३८५, मत ल्याएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार राधेश्याम सापकोटाकले २०४ मत ल्याएका छन् ।
मतगणना अहिलेपनि जारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस् !