औहरी । महोत्तरीको औरही नगरपालिक वडा नम्बर ९ मा पछिल्लो मतपरिणाम अनुसार नेपाली काँग्रेसले अग्रता कायम राखेको छ ।
कुल १ हजार १सय ४८ मतको गणना हुँदा मेयरमा लोसपाले २१४, नेपाली काँग्रेसले ५०४, नेकपा माओवादी केन्द्रले १४, जसपाले ५४, नेकपा एमालेले २३, राप्रपाले २५ र जनमत पार्टीले १७१ मत ल्याएका छन् ।
यस्तै उपमेयरमा लोसपाले २१५, नेपाली काँग्रेस ४५०, नेकपा माओवादी केन्द्रले ४५, नेकपा एमालेले २५, राप्रपाले २६ र जनमत पार्टीले १८० मत ल्याएका छन् ।

यस्तै, वडाध्यक्षमा लोसपाले १५४, नेपाली काँग्रेसले ३४८, नेकपा माओवादी केन्द्रले १४४, जसपाले ५३, नेकपा एमालेले २५, राप्रपाले ५४ र जनमत पार्टीले २३० मत ल्याएका छन् ।


मतगणना अहिलेपनि जारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस् !