एजेन्सी। बलिउड नायिका अनन्या पाण्डेले हालै सोसल मिडियामा एउटा भिडियो सेयर गरिन् जसमा उनी फराह खानसँग देखिएकी छिन् । भिडियो सुरु हुने बित्तिकै अनन्याले आफ्नो परिचय दिन सुरु गर्छिन् ।
यसैबीच फराह बीचमा आउँछिन् र भन्छिन्, ‘अनन्या, अनन्या तिमीले ‘खाली पिली’ का लागि राष्ट्रिय अवार्ड पाएकी छौ ।’ यो सुन्ने बित्तिकै अनन्या खुसी हुन्छिन् । तर त्यति नै बेला फराहले आफूले ठट्टा गरिरहेको बताउँछिन् ।
यो भिडियोमा प्रशंसकदेखि सेलिब्रिटीसम्मकाले प्रतिक्रिया दिइरहेका छन् । यस्तै अनन्याका पिता चंकी पाण्डेले लेखे, ‘फराह तिमीलाई यो भिडियोमा ओभरएक्टिङका लागि अवार्ड पाउनुपर्छ ।’ यो सुन्ने बित्तिकै फराहले प्रतिक्रिया दिँदै लेखिन्, ‘आफ्नी छोरीलाई सम्हाल पहिला ।’



प्रतिक्रिया दिनुहोस् !