औरही(महोत्तरी)- महाेत्तरीमा ९३ केजी गाजा सहित एक पक्राउ परेका छन्।
सशस्त्र प्रहरी नम्बर २ छिन्नमस्ता बाहिनी महोत्तरीले ९३ किलो प्रतिबन्धित गाँजा र ट्रक सहित चालकलाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा नम्बर २ छिन्नमस्ता बाहिनीबाट गएराति खटिएको स्क्वाड टोलीले ना ३ ख ६९३५ नम्बरको ट्रकलाई महोत्तरीको मनरा शिसवा नगरपालिका वडा ३ सोनौल गाउँमा रोकेर चेकजाँच गर्दा उक्त ट्रकबाट ९३ केजी प्रतिबन्धित गाँजा बरामद भएको सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनी बर्दिवास महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले जानकारी दिनुभयो ।

गाँजा र ट्रक सहित ट्रकका चालक धादिङ जिल्ला धार्केका ३६ बर्षीय रमेश तामाङलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धन कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाउने प्रकृयामा रहेको सशस्त्र प्रहरी नायव महानिरीक्षक ठाडा मगरले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस् !