महेन्द्रनगर । बैशाख ३० गते तोकिएको स्थानीय तह निर्वाचनको लागि धनुषाको बटेश्वर गाउँपालिकाको अध्यक्षको लागि युवा नेता अजय कुमार राउतले टिकट पाएका छन् ।
लोसपाको आईतबार बसेको बैठकबाट राउतलाई बटेश्वर गाउँपालिकाको अध्यक्षको लागि टिकट दिएको हो ।
सो-गाउँपालिकामा विभिन्न आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका राउतलाई कार्य मूल्याँकनको आधार मान्दै गाउँपालिका अध्यक्षको लागि टिकट दिएको हो ।

गाउँपालिकामा सत्तापक्षलाई निरन्तर खवरदारी र बेतिथिको विरोध जनाउँदै आएका युवा नेता राउतलाई टिकट दिएपछि बटेश्वर गाउँपालिकाले नयाँ नेतृत्व पाउने आस जनताहरुले गरेका छन् ।


प्रतिक्रिया दिनुहोस् !