Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

बर्दिवास जनसेवा हस्पिटलले सेवा बिस्तार गर्दै

mm न्युज डेस्क
२०७८ चैत्र १, मंगलवार २२:१२ बजे

बर्दिबास- महोत्तरीको बर्दिबास नगरपालिका ३ गौरीडाँडा स्थित बर्दिवास जनसेवा हस्पिटलले स्वास्थ्य सेवा विस्तार गरेको छ । हस्पिटलले स्वास्थ्य सेवा विस्तार गरे संगै यस क्षेत्रका स्थानीयहरु लाभान्बीत बन्दै आएका छन् ।

हस्पिटलको १५ औं वार्षिकोत्सवको अवसरमा आज मङ्गलबार सञ्चालक बोर्डका अध्यक्ष सुमन भुजेलले यस क्षेत्रमा हस्पिटलले दिदै आएको स्वास्थ्य सेवाहरुलाई सहज र क्रमशः विस्तार गरिदै लगिएको बताउनुभयो ।

विक्रम सम्वत् २०६४ सालमा जनसेवा पोलीक्लिनिक नाउँबाट सेवा प्रारम्भ गरेको यो हस्पिटलले एक बिघा पाँच कठ्ठा क्षेत्रफलमा अत्याधुनिक भवन बनाएको छ । सरकारले तोकेको स्वास्थ्य मापदण्ड पुरा गरेको हस्पिटलले ओटी, आइसीयू, एनआइसीयू र भेन्टिलेटर सहितको सुविधा बढाएको वार्षिकोत्सव समारोहमा अध्यक्ष भुजेलले जानकारी दिनुभयो । झन्डै २५ करोडको लगानीमा हस्पिटललाई विस्तार गर्दै स्वास्थ्य सेवा विस्तार गरिएको उहाँको भनाई छ ।

“हामीले १२ जना दक्ष (एमडी) चिकित्सक र पर्याप्त स्वास्थ्यकर्मीबाट सेवा दिई रहेका छौं” अध्यक्ष भुजेलले भने, “हाडजोर्नी, स्त्री रोग, आकस्मिक र रेडियोलोजी सेवा २४ सै घण्टा उपलब्ध बनाएका छौं ।” हाडजोर्नीका समस्याग्रस्त कैयौं बिरामीको ‘हेमी रिप्लेस’ सफलतापूर्वक गरिएको भुजेलको भनाइ छ । हस्पिटलले अत्याधुनिक प्रविधिबाट सम्पूणर् शरीरका अङ्ग-अङ्गको जाँच विशेषज्ञले गरी रहेका जनाएको छ ।

हस्पिटलले सर्जरी क्षेत्रमा इण्डोस्कोपी सेवा समेत सुरु गरेको छ । शरीर चिरेर शल्यकृया गरिने पुरानो शैलीको उपचारका ठाउँमा अब कतिपय दीर्घ समस्याका रोगीको साना प्वालबाटै सफल उपचार गरिन लागिएको समारोहमा जानकारी दिइएको छ । पित्त वा मिर्गौलाको पत्थरी, आन्द्रामा हुने समस्या र एपेण्डिसाइटिक्ससहितका समस्या अब यसै प्रविधिबाट थालिएको भुजेलले बताउनुभयो । हस्पिटलले चाँडै यस्तै अत्याधुनिक प्रविधिको ल्याप्रोस्कोपी सेवा प्रारम्भ गर्न लागेको जनाएको छ ।

बर्दिबासक्षेत्रमा निजीस्तरबाट सञ्चालित यो हस्पिटलले नै शल्यकृयाबाट सुत्केरी सेवा थालेको थियो । दक्ष विशेषज्ञको सेवा, उच्चतम प्रविधिको उपलब्धता, अत्याधुनिक स्वास्थ्य उपकरण, दक्ष विशेषज्ञको प्रत्यक्ष रेखदेखमा सञ्चालित प्रयोगशाला र हस्पिटलमा देखिने भौतिक व्यवस्थापनले अब आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सेवा पाइने कुराले यस भेगमा नयाँ विश्वास जगाएको छ ।

हस्पिटलले सर्वसाधारणको स्वास्थ्य जाँच र उपचार सरल र कम खर्चिलो बनाउन ‘स्वास्थ्य सेवा परिचयपत्र’ को व्यवस्था गरेको छ । सेवाग्राही दुई हजार रुपैंयाँ जम्मा गरेर यो सेवा प्राप्त गर्ने सदस्य बन्नसक्ने छन् । सेवाग्राहीले पाँच जनासम्म परिवारका सदस्यको उपचारमा वर्षभरि हुने खर्चमा २० प्रतिशत छुट पाउने व्यवस्था रहेको हस्पिटलले जनाएको छ । यो सरकारको सहज र सरल स्वास्थ्य सेवामा पहुँच बढाउने नीतिअनुरुप थालिएको हस्पिटलले जनाएको छ । यसबाहेक सम्बद्ध निकायबाट प्रमाणित अति विपन्न परिवारका सेवाग्राहीको उपचार निशुल्क गर्ने व्यवस्था विगतदेखि नै रहँदै आएको हस्पिटलका जनसम्पर्क तथा सूचना अधिकृत विक्रम रौनियारले जानकारी दिए । यसअनुसार २५ हजारभन्दा बढी विपन्न परिवारका सेवाग्राहीले सेवा लिएका हस्पिटलको तथ्याङ्कले देखाएको छ । हस्पिटलमा सुत्केरी सेवा लिन आउने गर्भवती महिलाहरुलाई हस्पिटलले निःशुल्क न्यानो झोला सेमत वितरण कार्यक्रम गर्दै आएको छ ।

हस्पिटलले दक्ष स्वास्थ्यकर्मीको जनशक्ति बढाउन औपचारिक स्वास्थ्य शिक्षाको अवधारणा विकास गरेको छ । हाल कानुनी स्वीकृति र अन्य प्रकृया बढाइँदै गरिएको ‘बर्दिबास जनसेवा प्राविधिक शिक्षालय’ ले हेल्थ असिसटेन्ट, स्टाफ नर्स, फार्मेसी, रेडियोग्राफी र मेडिकल ल्याव टेक्नोलोजीसहितका दक्ष जनशक्ति उत्पादन गर्ने लक्षसाथ काम अघि बढाइएको रौनियारको भनाइ छ ।

सिङ्गो मधेश प्रदेशभित्र निजीस्तरबाट सञ्चालित जनसेवा हस्पिटलको भौतिक व्यवस्थापन अत्यन्त समृद्ध रहेको यहाँ पुग्ने जोसुकैले प्रत्यक्ष देख्छन् । भौतिक व्यवस्थापनसँगै स्वास्थ्य सेवा विश्वासिलो र भरपर्दो बनाउन सम्बद्धपक्षले अझ प्रभावकारी सेवा प्रवाहमा ध्यान दिन पर्ने यसभेगका सर्वसाधारण बताउँछन् ।

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

सम्बन्धित खबर

Banner News

महोत्तरीको गौशालाको मेयर र उपमेयरमा जसपा विजयी

Banner News

क्षीरेश्वरनाथकाे जारि मतगणनामा २ वटा मतपेटिकाकाे सिल टुटेको भेटिए, पत्रकारकाे टाेलीलाई प्रवेश निषेध

Banner News

क्षीरेश्वरनाथको ताजा मत परिणाम : मेयरमा एमाले ६८४ मतले र उपमेयरमा १५१ मतले अगाडी

Banner News

क्षीरेश्वरनाथको ताजा मत परिणाम : एमाले निरन्तर अघि बढ्दै

Banner News

क्षीरेश्वरनाथ वडा नं. १० मा काङ्ग्रेसका रामपदारथ यादव प्यानल सहित विजयी

Banner News

लोहरपट्टी नगरपालिकामा शैलेन्द्रकुमार यादव पुनः निर्वाचित

Load More

ताजा अपडेट

महोत्तरीको गौशालाको मेयर र उपमेयरमा जसपा विजयी

क्षीरेश्वरनाथकाे जारि मतगणनामा २ वटा मतपेटिकाकाे सिल टुटेको भेटिए, पत्रकारकाे टाेलीलाई प्रवेश निषेध

क्षीरेश्वरनाथको ताजा मत परिणाम : मेयरमा एमाले ६८४ मतले र उपमेयरमा १५१ मतले अगाडी

क्षीरेश्वरनाथको ताजा मत परिणाम : एमाले निरन्तर अघि बढ्दै

क्षीरेश्वरनाथ वडा नं. १० मा काङ्ग्रेसका रामपदारथ यादव प्यानल सहित विजयी

लोहरपट्टी नगरपालिकामा शैलेन्द्रकुमार यादव पुनः निर्वाचित

बलवा नगरपालिकाको मेयरमा लोसपा र उपमेयरमा काँग्रेस विजयी

सरकारको नीति तथा कार्यक्रम यही जेठ १० गते संघीय संसदमा पेश गरिने

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]

बिजय कुमार साह
9804840605
[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English