जनकपुरधाम- लोकतान्त्रिक समाजावादी पार्टीको जनकपुरधाम वडा नम्बर ११ को इकाई समिति गठन गरेको छ ।
आइतबार जनकपुरधाममा वडा नम्बर ११ स्तरीय कार्यकर्ता भेलाले सन्तोष कुमार साहको नेतृत्वमा १५ सदस्यीय वडा नम्बर ११ इकाई समिति चयन गरेको छ ।
समितिका उपाध्यक्षमा नगिनादेवी साह, सचिवमा नरेशकुमार साह, प्रचार सचिवमा रञ्जितकुमार, कोषाध्यक्षमा विजयशंकर साह, सदस्यहरूमा नन्दलाल साह, मञ्जुदेवी साह, सोभा मण्डल, रामसागरदेवी साहलगायत छन् । सल्लाहकारमा रामचन्द्र साह, कालीचरण प्रधान, सुरज | साह र सुनिल साह रहेका छन् ।

भेलामा प्रदेश सांसद् परमेश्वर साह, जनकपुरधामकी उपमेयर रिताकुमारी मिश्र, नेता मनोज चौधरीलगायत सहभागी भएका थिए।


प्रतिक्रिया दिनुहोस् !