महोत्तरी –समृद्ध नेपालद्धारा प्रकाशित गरीएको दृष्टि विहिनहरुका लागि व्रेल लिपिमा तयार गरीएको जानकारी पुस्तिकका महोत्तरीको बर्दिवास नगरपालिकामा वितरण गरीएको छ ।
बुधबार महोत्तरी बर्दिवासको वडा नं.१४मा आयोजित सो कार्यक्रममा व्रेल लिपिमा तयार गरिएको“जलवायु परिवर्तन,यसका प्रभाव र अनुकलनका उपायहरु” सम्बन्धी जानकारी मुलक पुस्तक वितरण गरीएको हो ।

बर्दिवास नगरपालिका निमित्त प्रशासकिय प्रमुख गणेश प्रसाद दाहालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अतिथिमा जनता माध्यामिक विद्यालयका प्रधानाध्यापक दिपक बराल, कार्यक्रमका फोकल पर्सन र समृद्ध नेपालका सचिव दिपा लामा, समृद्ध नेपालका कार्यक्रम संयोजक महेन्द्र बिक्रम कार्कि, दृष्टिविहिन शिक्षक सिमा नेपाल लगायत अन्य संघसंस्थाका प्रतिनिधि र दृष्टिविहिन विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा बोल्ने बक्ताहरुले जलवायु परिवर्तनमा प्रभाव पार्ने तत्वहरुका बारेमा काम नभएको अवस्थामा यो उदाहरणीय भएको बताए ।
प्रतिक्रिया दिनुहोस् !