ढल्केवर, धनुषा
नेकपा एकीकृत समाजवादी पार्टीको मिथिला नगर अधिवेशन सम्पन्न भएको छ । शनिबार धनुषाको ढल्केवरमा भएको अधिवेशनले पार्टीको जिल्ला सदस्यसमेत रहेका रामप्रसाद महतोको अध्यक्षता १२५ सदस्य मिथिला नगर कमिटी र ४१ सदस्य सचिवालय कमिटी गठन गरेको छ ।
पार्टीका नेता एवं मधेश प्रदेश सरकारका उघोग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतोको प्रमुख आथित्यमा सम्पन्न अधिवेशनको क्रममा ढल्केवरमा मिथिला नगर स्तरीय पार्टीको सम्पर्क कार्यालय खोलिएको छ । सो पार्टी कार्यालयको उद्घाटन वनमन्त्री महतोले गरेका थिए ।
नगर अधिवेशन तथा पार्टी कार्यालय उद्घाटनको क्रममा वनमन्त्री महतोले मिथिला नगरपालिकामा पार्टी एक नम्बरमा भएको दावी गर्दै पार्टीको निर्देशन तथा गठबन्धनको सम्मान गर्दै स्थानीय तहको चुनावमा उपस्थित जनाउने बताए ।
अधिवेशनमा पार्टीका मधेश प्रदेश कमिटीका सदस्य तथा जिल्ला सचिव सोमप्रसाद शर्मा, मिथिला नगरपालिका वडा नं. २ का वडा अध्यक्ष बिहारी महतोलगायत पार्टीका जिल्ला तथा स्थानीय कार्यकर्ताको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस् !