जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकाका लागि सत्ता गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार जनता समाजवादी पार्टी नेता तथा निवर्तमान मेयर लालकिशोर साहले आफनो अथक प्रयासका बावजुद पनि जनकपुरलाई स्वच्छ, सफा र सुन्दर नगरी बनाउने अभियान पूर्ण रुपमा सफल हुन नसकेकोमा दु:ख व्यक्त गरेका छन् ।
वैशाख १४ गते जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरि आफुले जनकपुरको फोहोरबाट मोहर बनाउने अभियानमा तत्पर भएको बताए । जनकपुरलाई सुन्दर, सफा, स्वच्छ बनाउने क्रममा पहिलेको तुलनामा अहिलेको अवस्था र व्यवस्थामा आमुल परिवर्तन भएको दावि गर्दै अभियानको बाँकी कामहरु जनताहरुको आर्शिवाद प्राप्त भए आउने कार्यकालमा सक्रियता पूर्वक काम गर्ने बताए ।
आफनो कार्यकालमा जनकपुरधाम निकै राम्रा कामहरु भएको दावि गर्दै जनकपुरको सरसफाईमा आमुल परिवर्तन, एडिवी परियोजनाको कामलगायत भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदी, उत्तर प्रदेशका मुख्यमन्त्रि योगीनाथ आदित्यलाई जनकपुरधाममा स्वागत गर्न पाएको खुशी व्यक्त गर्दै यसले गर्दा जनकपुरको गरिमा बढेको बताए ।

शिक्षा, स्वास्थ्य, सडकबाटो, नालालगायतको सवालमा जनकपुरले छोटो समयमा फड्को मारेको दावि गर्दै अझै जनकपुरमा राम्रो र स्मार्ट बनाउने आफनो अभियान केन्द्रित रहने बताए ।पत्रकार सम्मेलनमा गठबन्धनको तर्फबाट उपमेयरका उम्मेदवार नेपाली काग्रेसका नेता किशोरी साहले गठबन्धनप्रति शंका नगर्न आग्रह गरे । आफुहरुले फरक फरक तरिकाले मनोनयन पत्र दर्ता गराएपनि आजैदेखि गठबन्धनका उम्मेदवारहरुविच आपसी तालमेल, सदभाव र वैचारिक धारणाका साथ आगामी योजनाहरु तयार गरि जनताहरुको घरदैलोमै पुग्ने बताए ।


प्रतिक्रिया दिनुहोस् !