Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

आफ्ना उम्मेदवार जिताउन आचारसंहिता उल्लंघन गर्दै बागमतीका मन्त्री

mm न्युज डेस्क
२०७९ बैशाख १९, सोमबार १५:२१ बजे

हेटौंडा : राज्यमन्त्रीसहित १८ जना मन्त्री रहेको बागमती प्रदेशको राजधानी हेटौंडामा मन्त्री भेट्नै मुस्किल भएको छ। अधिकांश मन्त्री यतिबेला राजधानीभन्दा बाहिर छन्।

प्रदेश सरकारका मन्त्रीहरू स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन आ–आफ्नो गृहजिल्ला पुगेका हुन्। आफ्नो दलका उम्मेदवारलाई जिताउन मन्त्रीहरू सक्रिय बन्दा मन्त्रालय भने निष्क्रिय बनेका छन्। वैशाख महिनाको सुरुदेखि नै अधिकांश मन्त्रीले हेटौंडा छाडेका हुन्।

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकासमन्त्री बसुन्धरा हुमागाईं गृहजिल्ला काभ्रेमा छन्। उनी वैशाख लागेलगत्तै मन्त्रालयबाट बाहिरिएर काभ्रेमा पार्टीको नेकपा एकीकृत समाजवादीको उम्मेदवारलाई जिताउने कार्यक्रममा व्यस्त छन्। उनले स्थानीय तह निर्वाचनको आचारसंहिता समेत उल्लंघन गरेका छन्। मन्त्री हुमागाईंले आफ्नो फेसबुकमा पटक–पटक विभिन्न उम्मेदवारका लागि मत माग्दै निर्वाचन आचारसंहिता उल्लंघन गरेका हुन्।

मन्त्री वा सार्वजनिक पदधारण गरेका व्यक्तिलाई कुनै उम्मेदवार वा दल विशेषको पक्ष वा विपक्षमा प्रचार-प्रसार गर्न आचारसंहिताले रोक लगाएको छ। तर मन्त्री हुमागाईंले उम्मेदवारका लागि सार्वजनिक रूपमा सामाजिक सञ्जालमा नै मत मागेका छन्। उनले काभ्रेको पनौती नगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेका रामशरण भण्डारी र छवि हुमागाईं अत्यधिक बहुमतले जिताउन अनुरोध गर्दै उनीहरूको चुनावी प्रचारप्रसारको तस्विर समेत फेसबुकमा राखेका छन्।

हुमागाईंले धुलिखेल नगरपालिकाको प्रमुखको उम्मेदवार दयासागर श्रेष्ठ र उपप्रमुख निराजन जंगमका लागि पनि मत मागेका छन्। उनले बनेपा नगरपालिकाको प्रमुखको उम्मेदवार शान्ति रत्नशाक्य र उपप्रमुखका उम्मेदवार रघुवीर चौ प्रधान तथा मण्डन देउपुर नगरपालिकाको प्रमुख पदको उम्मेदवार टोकबहादुर वाइबा र उपप्रमुखको उम्मेदवार विष्णुमणि नेपालका लागि पनि मत मागेका छन्।

मन्त्री हुमागाईँले पाँच दिनअघि आफ्नो फेसबुकमा काभ्रे जिल्लाका १३ स्थानीय तहका प्रमुख उपप्रमुखलाई अत्यधिक बहुमतले विजयी गराउन आग्रह गरेका छन्। १३५ वडामा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न र मिल्न सक्ने ठाउँमा स्थानीय कमिटीको सहमतिमा मिल्नसमेत उनले आग्रह गरेका छन्।

उनले स्थानीय तहको निर्वाचनअघि आफू हेटौंडा नफर्किने समेत बताएका छन्। ‘चुनावअघि म हेटौंडा आउन भ्याउँदिन’, थाहाखबरसँग कुरा गर्दै उनले भने, ‘अब एकैपटक जेठको ४\५ गते आउँछु होला।’

उनले मात्रै होइन बागमती प्रदेशको वन तथा वातावरणमन्त्री विशाल खड्काले निर्वाचन आचासंहिता विपरीत दल र उम्मेदवारको लागि मत मागिएको पोष्ट फेसबुकमा शेयर गरेका छन्। खड्काले आफ्नो पार्टी नेकपा माओवादी केन्द्रको चुनावी गीतदेखि उम्मेदवारको लागि मत मागिएको पोष्ट पनि शेयर गरेका हुन्।

हेटौंडाको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठ मन्त्रीहरूले कुनै पनि दल वा उम्मेदवारको लागि मत माग्न नहुने बताउँछन्। उनले मन्त्री भनेकै राज्य भएकोले राज्यले मतदातालाई प्रभावित पार्नेगरी कसैको पक्षमा मत माग्न नहुने बताए। उनले यस विषयमा बुझेर आवश्यक कदम चाल्ने प्रतिक्रिया दिए।

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

सम्बन्धित खबर

Banner News

धनुषाको गणेशमान चारनाथ नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी

Banner News

धनुषाको हंसपुर नगरपालिकाको मेयर र उपमेयरमा काँग्रेस विजयी

Banner News

धनुषाको मिथिला विहारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा माओवादी विजयी

Banner News

राजेन्द्र महतोका भाई महेन्द्र महतो हार्ने भाकल पूरा भएपछि पासवानले गराए मुण्डन

Banner News

महोत्तरी : उम्मेदवार जसले आफैलाई मत दिएनन

अन्तराष्ट्रिय

पत्रकारलाई गोली हानी हत्या

Load More

ताजा अपडेट

धनुषाको गणेशमान चारनाथ नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी

धनुषाको हंसपुर नगरपालिकाको मेयर र उपमेयरमा काँग्रेस विजयी

धनुषाको मिथिला विहारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा माओवादी विजयी

राजेन्द्र महतोका भाई महेन्द्र महतो हार्ने भाकल पूरा भएपछि पासवानले गराए मुण्डन

महोत्तरी : उम्मेदवार जसले आफैलाई मत दिएनन

पत्रकारलाई गोली हानी हत्या

महोत्तरीको गौशालाको मेयर र उपमेयरमा जसपा विजयी

क्षीरेश्वरनाथकाे जारि मतगणनामा २ वटा मतपेटिकाकाे सिल टुटेको भेटिए, पत्रकारकाे टाेलीलाई प्रवेश निषेध

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]

बिजय कुमार साह
9804840605
[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English