काठमाडौं। सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले स्थानीय तह निर्वाचनको समीक्षा गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच छलफल भएको हो।
बिहान १० बजे बालुवाटारमा भएको भेटवार्तामा स्थानीय तहको हिजोको मतदानको विषयमा छलफल भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।
हिजोको मतदानको प्रारम्भिक परिणाम आउन थालेपछि भएको तीन दलका शीर्ष नेताहरूको छलफललाई अर्थपूर्ण ढङ्गले हेरिएको छ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धनमा धोका हुन सक्ने भन्दै अभिव्यक्ति दिएका थिए। चुनावपछि गठबन्धनका शीर्ष नेताहरुबीच भेटवार्ता भएको यो पहिलो पटक हो।


प्रतिक्रिया दिनुहोस् !